Trending
Prev Story
Next Story

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सको खेल

Ekantipur •
November 05, 2026 • 11:02 AM
3
3 reads 0 reactions

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको पहिलो खेलका झलक ।

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको पहिलो खेलका झलक ।

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटमा शीर्ष स्थानलाई मजबुत बनाएको छ । ‘च्याम्पियन क्ल्यास’ मा गत सिजनको विजेता लुम्बिनीले बिहीबार पहिलो सिजनको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्‍यो ।१ सय ५० रनको लक्ष्य लिएर आएको जनकपुरले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ८ विकेट गुमाई १ सय ३३ रनमात्र बनाउन सक्यो । ४ खेलमा तेस्रो विजय हात पारेपछि लुम्बिनीको १० अंक पुगेको छ र अन्य टोलीभन्दा ३ अंक बढीको अग्रता बनाएको छ । जनकपुरको ५ खेलमा यो तेस्रो हार हो । लुम्बिनी १० खेलमा अपराजित रहेको छ । गत सिजन उपाधि जित्ने क्रममा लुम्बिनीले ६ खेल जितेको थियो । यस पटक टोलीको चितवन राइनोजसँगको खेलमा वर्षाका कारण रद्द भएको थियो ।जनकपुरले १० ओभरमा ५५ रनमात्र बनाउन सकेर ५ विकेट गुमाइसकेपछि खेलमा पछाडि परेको थियो । प्रतियोगितामा पहिलो खेल खेलिरहेका पर्भेज हुसैन इमोन १ रनमा आउट भए । तृतराज दास र सैफ हसनले दोस्रो विकेटमा ३६ रनको साझेदारी गरे । तर त्यसपछि जनकपुरले १४ रनको अन्तरमा अर्को ५ विकेट गुमाएको थियो ।

तृतलाई १८ रनमा डीआरसी शर्टले बोल्ड गरे । १८ बल नै खेलेका तृतले १ चौका प्रहार गरे । हुसैनले जनकपुरबाट २८ रन बनाए । उनले २५ बल खेली ४ चौका प्रहार गरे । विशाल सुस्लिङ ४, अनिल साह १, जिम्मी निसम ९ रन र अभिषेक तिवारी शून्यमा आउट भए । कप्तान हरमित सिंह र आदित्य महताले आठौं विकेटमा ४३ रनको साझेदारी गरे । शेर मल्लले हरमितलाई बोल्ड गरी यो साझेदारी तोडे । हरमितले २० बल खेली ३ छक्का प्रहार गरी ३३ रन बनाए । आदित्य २३ बल खेली ३० रनमा अविजित रहे । उनले ४ छक्का प्रहार गरे । लुम्बिनीबाट शर्टले ४ ओभरमा २३ रन खर्चेर ३, तिलकले २ ओभरमा र शेरले ४ ओभरमा २९ रन खर्चेर २–२ विकेट लिए । रुबेन ट्रम्पलमनको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । यसअघि शट खेलको पहिलो बलमै आउट भए पनि लुम्बिनी चुनौतीपूर्ण स्कोर बनाउन सफल भएको थियो । ललित राजवंशीको पहिलो बलमा शटले राहुललाई क्याच दिन पुगे । अर्का ओपनर आसिफ शेख २१ बल खेली २ चौका र १ छक्का प्रहार गरी २१ रन बनाई हरमितको बलमा एलबीडब्लु आउट भए । तर आसिफले ‘डिसिजन रिभ्यु सिस्टम’ लिएनन् । तर टेलिभिजन रिप्लेमा बलले स्टम्प नलागेको देखाएको थियो । निरोशन डिकवेलाले २७ रन जोडे । उनले २७ बल नै खेल्दै २ चौका र १ छक्का प्रहार गरे । दिलीप नाथले २५ रन बनाए । उनले १६ बल खेली समान २ चौका र छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । जनकपुरले सुरुको १६ ओभर स्पिनर लगाएपछि १७ औं ओभरमा पेसर राहुल यादवलाई ल्याएको थियो । त्यसको अर्को ओभरमा अर्का मध्यमगतिका बलर अभिषेकले रोहितलाई आउट गरे । सामिम हुसैन १३ बलमा १ छक्का प्रहार गरी १३ रन बनाई राहुलको बलमा आउट भए । सन्दीप जोरा ४ बल खेली २ चौका प्रहार गरी ९ र ट्रम्पलमन ८ बल खेली २ छक्का प्रहार गरी १५ रनमा आउट भए । जनकपुरबाट अफ स्पिनर सुस्लिङले ४ ओभरमा २१ र राहुलले २ ओभरमा १७ रन खर्चेर २–२ विकेट लिए । हरमितले ४ ओभरमा २५ र ललितले ४ ओभरमा ३१ रन खर्चेर १–१ विकेट लिए ।

तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #लुम्बिनी #लायन्स
Compare →
Onlinekhabar
4h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #लुम्बिनी
Compare →
Nagarik News
15h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #जनकपुर
Compare →
Arthasansar
15h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #जनकपुर
Compare →

Related Stories

Sports
Build #2612