तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्ले अफमा पुग्ने आशालाई जीवितै राखेको छ । चितवनले शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्यो ।
टस जितेर ब्याटिङ रोजेको पहिलो सिजनको च्याम्पियन जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८८ रन मात्र बनाउन सकेको थियो । ब्याटिङका लागि कठिन पिचमा चितवनले १७.२ ओभरमा लक्ष्य पुरा गरेको थियो ।
चितवनले ६ खेलमा ७ अंक पुर्याएको छ । प्ले अफमा स्थान निश्चित नै गर्न टोलीले अन्तिम खेलमा कर्णाली याक्सलाई पराजित गर्नु पर्नेछ । चितवनको यस विजयले जनकपुर र कर्णाली आधिकारिक रुपमै प्ले अफ दौडबाट बाहिरिएका छन् ।
तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।