Trending
Prev Story
Next Story

एकै दिन १३ हजार धेरैले बढ्यो सुनको मूल्य, तिहारमा महंगो पर्न सक्ने

Ekantipur •
November 05, 2026 • 07:01 AM
2
2 reads 0 reactions

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य दुई साता यता दुई प्रतिशतभन्दा धेरैले बढेको रोयटर्सले उल्लेख गरेको छ।

एकै दिन १३ हजार धेरैले बढ्यो सुनको मूल्य, तिहारमा महंगो पर्न सक्ने

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य दुई साता यता दुई प्रतिशतभन्दा धेरैले बढेको रोयटर्सले उल्लेख गरेको छ।

काठमाडौँ — सुनको मूल्य एकै दिन १३ हजार तीन सय रूपैयाँले बढेको छ। बिहीबार नेपाली बजारमा सुन तोलाको दुई लाख ८८ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तिहारको धनतेरसमा सुनको माग केही बढ्ने भएपनि नेपाली मागकै कारण भने यहाँ मूल्य बढेको होइन । अन्तराष्ट्रिय बजारमा चलेको मूल्यको आधारमा नेपालमा हरेक दिन बिहान ११ बजे मूल्य तोकिने गरिन्छ ।

अहिले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य दुई साता यता दुई प्रतिशतभन्दा धेरैले बढेको रोयटर्सले उल्लेख गरेको छ ।

अन्तराष्ट्रिय बजारमा भौतिक रूपमा पाइने सुन प्रतिऔंस ४१३४ डलरमा कारोबार भइरहेको छ । त्यस्तै, सुनको करारपत्र लगायतको कारोबारमा भने सुन प्रतिऔंस ४१४४ डलरमा कारोबार भइरहेको छ ।

अमेरिकी डलर कमजोर हुँदा, भू–राजनीतिक तनाव बढिरहेको र केन्द्रीय बैंकहरूले सुनको सञ्चिति बढाइरहेको जस्ता कारणले नै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने गर्छ ।

अहिले भने अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले दुवै सदनमा बहुमत हासिल गरेपछि सुनको मूल्यमा प्रभाव परेको हो ।

डेमोक्र्याटिक पार्टीले दुवै सदनमा बहुमत हासिल गरेपछि  राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक नीतिमा अवरोध आउन सक्ने विश्लेषण गरिएको छ ।

निर्वाचन परिणामपछि अमेरिकी डलर कमजोर भएको छ। सरकारी ऋणपत्रको प्रतिफल घटेको छ। यसले सुनको मूल्य बढाउन थप सहयोग गरेको छ ।

अमेरिकी केन्द्रीय बैंकले आगामी डिसेम्बरमा नीतिगत ब्याजदर बढाउने सम्भावना रहेको लगानीकर्ताहरूको बुझाई छ ।

मूल्य बढिरहेपनि तिहारको कारण बढ्दै माग

नेपालमा भने तिहारमा सुन र चाँदीको मागमा केही सुधार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका पुर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

उनी भन्छन्, ‘सामान्यतया तिहारको धनतेरसमा अन्य दिनको तुलनामा चाँदीको कारोबार ५० प्रतिशतसम्म र सुनको कारोबार २५ प्रतिशतसम्म बढ्ने गर्छ ।’

बुधबारबाट सुनको सिक्का, ढिक्का (बार) लगायतको बारेमा ग्राहकहरूबाट सोधिखोजी भइरहेको उनी बताउँछन् ।

सुनका ढिक्काको कारोबार गर्न कानुनतः बर्जित गरिएको भएपनि यस्तो कारोबार नरोकिएको समेत उनी बताउँछन् ।

तिहारमा धनतेरसको दिन सुनका गहनाभन्दा पनि सिक्का, ढिक्का, चाँदीका सिक्काको माग धेरै हुने गरेको छ ।

तर, सुनको मूल्य बढ्दो क्रममा देखिएकोले ग्राहकहरूलाई महंगो पर्ने भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
20h ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#सुन #तिहार
Compare →
Onlinekhabar
23h ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#सुन #तिहार
Compare →
Arthasansar
23h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#सुन #तिहार
Compare →
Nagarik News
23h ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#सुन #तिहार
Compare →
Hamro Patro News
21h ago
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो

सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि शुक्रबार सुन र चाँदीको भाउमा गिरावट आएको छ । यसदिन सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी ...

#सुन
Compare →

Related Stories

Business & Economy
Build #2612