Trending
Prev Story
Next Story

अमेरिकी मध्यावधि निर्वाचन : ट्रम्पको रिपब्लिकनलाई धक्का, कंग्रेसका दुवै सदनमा डेमोक्रेटको नियन्त्रण

Arthasansar •
November 04, 2026 • 09:35 AM
2
2 reads 0 reactions

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गर्दै कंग्रेस (संसद्)को नियन्त्रण आफ्नो हातमा लिएको छ ।...

अमेरिकी मध्यावधि निर्वाचन : ट्रम्पको रिपब्लिकनलाई धक्का, कंग्रेसका दुवै सदनमा डेमोक्रेटको नियन्त्रण

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गर्दै कंग्रेस (संसद्)को नियन्त्रण आफ्नो हातमा लिएको छ । यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालका बाँकी दुई वर्षमा कंग्रेसमा डेमोक्रेटहरूको प्रभाव रहने देखिएको छ ।

यसअघि रिपब्लिकनको बहुमत रहेको दुवै सदन यो मध्यावधि निर्वाचनमार्फत डेमोक्रेटिक पार्टीले रिपब्लिकनबाट खोसेको हो । यसलाई रिपब्लिकन पार्टीको ऐतिहासिक पराजयका रूपमा हेरिएको छ । डेमोक्रेटहरूले केही महिनाअघिसम्म कल्पना नगरेको स्तरको सफलता हासिल गरेको बीबीसीले जनाएको छ ।

सिनेट चुनावमा डेमोक्रेटहरूले रिपब्लिकनको बलियो पकड रहेका टेक्सास, ओहायो र कन्सासजस्ता राज्यमा अप्रत्याशित जित हासिल गरेका छन् । यी राज्यमा दशकौँपछि डेमोक्रेटिक उमेदवार विजयी भएका हुन् । कान्सासले झन्डै एक शताब्दीपछि पहिलोपटक डेमोक्रेटिक सिनेटर निर्वाचित गरेको हो । नर्थ क्यारोलाइना र ओहायोमा पनि डेमोक्रेटहरूले सिनेट सिट जितेका छन् ।

कंग्रेसका दुवै सदनमा नियन्त्रण पाएसँगै डेमोक्रेटहरूले ट्रम्पका आगामी योजनामा अवरोध गर्न, उनको प्रशासनमाथि निगरानी बढाउन र अनुसन्धान अघि बढाउन सक्ने बताइएको छ । उनीहरूले ट्रम्पविरुद्ध तेस्रोपटक महाअभियोग प्रक्रिया अघि बढाउने प्रयास समेत गर्न सक्ने विश्लेषण गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै डेमोक्रेटहरूले राम्रो प्रदर्शन गरेको बताएका छन् । कुराकानीमा डेमोक्रेटहरूले राम्रो प्रदर्शन गरेको भन्दै आफू केही आश्चर्यमा परेको बताएका छन् । उनले इन्धनको महँगो मूल्यले रिपब्लिकन उमेदवारलाई चुनावमा असर पारेको पनि स्वीकार गरेका छन् । ट्रम्पले इरानसँगको तनावबारे बोल्दै अमेरिकाले थप कडा कदम चाल्नुपर्ने हुन सक्ने बताएका छन् । उनले इरानलाई आणविक हतियार बनाउन नदिने आफ्नो अडान दोहोर्याएका छन् ।

उच्च जीवनयापन खर्च, इरान युद्ध र सरकारी भ्रष्टाचारप्रति मतदाताको असन्तुष्टि चुनावी नतिजामा देखिएको समाचार संस्था एपीले जनाएको छ । सिनेटमा बहुमत पाएसँगै डेमोक्रेटहरूले ट्रम्पका नीति तथा योजनामाथि संसदीय निगरानी बढाउन र उनको प्रशासनमाथि अनुसन्धान अघि बढाउन सक्नेछन् । तर, प्रतिनिधिसभाको नतिजा र दुवै सदनबीचको शक्ति सन्तुलन स्पष्ट हुन बाँकी छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्धको महाभियोग प्रस्ताव रोकियो, राष्ट्रपति ट्रम्पद्वारा खुसी व्यक्त

अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्धको महाभियोग प्रस्ताव रोकियो, राष्ट्रपति ट्रम्पद्वारा खुसी व्यक्त

काठमाडौं– अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाले रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउन ल्याइएको महाभियोग प्रस्ताव अघि बढ्न रोकेको छ । इरानविरुद्ध संसद्को स्वीकृतिबिना युद्ध सञ्चालन गरेको आरोपमा...

#अमेरिकी #ट्रम्प
Compare →
Onlinekhabar
43m ago
अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकी यातायात सचिव शन डफीले …

#अमेरिकी
Compare →
Nagarik News
21h ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#अमेरिकी
Compare →
Bizshala
1d ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#अमेरिकी
Compare →

Related Stories

Politics & Governance
Build #2612