Trending
Prev Story
Next Story

खुम्बु क्षेत्रमा तीव्र प्रतिस्पर्धाले हवाई सुरक्षामा सम्झौता, नियामक मुकदर्शक

Onlinekhabar •
November 03, 2026 • 02:30 PM
2
2 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । सगरमाथा आधार शिविर पदयात्राका लागि अहिले सयौँ पर्यटक खुम्बु क्षेत्रमा छन् । सोही मौकामा वायुसेवा कम्पनीहरूको व्यापारको आकर्षक अवसर समेत यो सिजन बन्ने गर्छ । दैनिक कैयौँ हेली उडान/अवतरण लुक्लाभन्दा माथिको क्षेत्रमा …

खुम्बु क्षेत्रमा तीव्र प्रतिस्पर्धाले हवाई सुरक्षामा सम्झौता, नियामक मुकदर्शक

१७ कात्तिक, काठमाडौं । सगरमाथा आधार शिविर पदयात्राका लागि अहिले सयौँ पर्यटक खुम्बु क्षेत्रमा छन् । सोही मौकामा वायुसेवा कम्पनीहरूको व्यापारको आकर्षक अवसर समेत यो सिजन बन्ने गर्छ ।

दैनिक कैयौँ हेली उडान/अवतरण लुक्लाभन्दा माथिको क्षेत्रमा हुने गर्छ । तर, यी भेगमा हुने उडान/अवतरणका क्रममा हुने गतिविधि नियामक निकायको प्रत्यक्ष निगरानीभन्दा बाहिर हुन्छन् ।

अर्थात्, लुक्लाभन्दा माथि नागरिक उड्डयन गतिविधि नियमन गर्ने राज्यका निकायको उपस्थिति छैन । जसले गर्दा लापरबाहीका शृङ्खला निरन्तर दोहोरिन थालेका छन् ।

मंगलबार सोलुखुम्बु फेरिचेस्थित हेलिप्याड तोकिएको स्थानमा दुई हेलिकप्टर एकापसमा ठोक्किएका छन् । एयर डाइनेस्टीको दर्ता नम्बर ‘९एन–एन एओडी’ र फिस्टेल एयरको ‘९एन–एजेआर’ हेलिकप्टर अवतरण क्रममा आकाशमै ठोक्किए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार ४७ वर्षीय भारतीय बसन्तकुमार बलरामुडुको मृत्यु भएको छ ।

एक यात्रु न्युजिल्यान्डका नागरिक शैलेसकिसन पटेल र दुवै हेलिकप्टरका पाइलट घाइते भएका छन् । उनीहरूको काठमाडौंमा उपचार जारी छ ।

प्राधिकरण प्रवक्ता विक्रमराज गौतमका अनुसार दुर्घटनाका सम्बन्धमा आवश्यक छानबिन प्रारम्भ गरिएको छ । यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही र सुधारात्मक उपाय अवलम्बन गरिने प्राधिकरणको प्रतिबद्धता छ ।

मंगलबार जुधेका दुई हेलिकप्टरको सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका फुटेजका आधारमा जानकारले यो घटनामा चालकको गम्भीर लापरबाही मान्छन् । किनकि, यस क्षेत्रमा लुक्लास्थित प्राधिकरणको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को सञ्चार कभरेजले भेट्दैन ।

सोहीकारण पाइलट–पाइलटबीच हुने कुराकानीका आधारमा सञ्चार व्यवस्थापन गरिनुपर्छ । यस्तो अवस्थामा पाइलट इन कमान्ड (पीआईसी) सम्हालेका व्यक्ति निकै चनाखो हुनुपर्छ ।

प्राधिकरणका एक उच्च प्राविधिकका अनुसार यो हेलिप्याडमा तोकिएको स्थानमा एक पटकमा ६/७ वटासम्म हेलिकप्टर अवतरण गर्न सकिन्छ । तर, आजको घटना हेर्दा दुवै पाइलटले ‘ल्यान्डिङ प्वाइन्ट’ एउटै विन्दुलाई बनाएको देखिन्छ । जसले गर्दा दुई हेलिकप्टर ठोक्किन पुगे । उनी यसलाई पीआईसीबाट भएको गम्भीर लापरबाही मान्छन् ।

‘जब कम्युनिकेसनको जिम्मेवारी पाइलट–पाइलटबीच छ भने सुरक्षित उडान–अवतरण सुनिश्चित गर्नु पनि पाइलटकै जिम्मेवारी हो,’ उनले भने, ‘ठोस कारण त छानबिन प्रतिवेदनबाटै स्पष्ट होला ।’

उनका अनुसार आज दुर्घटनास्थलमा मौसम सफा थियो । हावाको नकारात्मक प्रभाव थिएन । हिँउले हेलिप्याडमा असर गर्ने अवस्था पनि थिएन । यति अनुकूल अवस्थामा ठिक सामुन्ने प्रत्यक्ष आँखाले देख्ने गरी दुई विपरति दिशाबाट आएका हेलिकप्टर ठोक्किनुलाई उनी पाइलटबाट कुनै पनि हालतमा हुनै नहुने गल्ती मान्छन् ।

‘यो दुर्घटना नेपाली उड्डयन क्षेत्रलाई लज्जित बनाउने एक उदाहरण बनेको छ,’ उनले भने । परिस्थति आफ्नो काबु भित्रै रहेको अवस्थामा पनि जहाज ठोक्किने अवस्थालाई उनी दुर्घटनाभन्दा बढी ‘अपराध’ मान्छन् ।

जहाँ ७० प्रतिशत हेलिकप्टरको व्यापार छ, त्यही छैन राज्य

मुख्य पर्यटकीय सिजनका बेला दैनिक दशौं उडान हुने खुम्बु क्षेत्रका हेलिप्याडहरूमा नियमनकारी निकाय प्राधिकरणका कर्मचारी उपस्थित नहुनु अर्को लापरबाही हो ।

हेलिप्याडहरूको अवस्था के छ, त्यस स्थानमा कुनै अवरोध छन् कि भनेर प्राविधिक अध्ययन पनि गरिँदैन । त्यस्तो अध्ययन गरेर प्राधिकरणले कुनै तथ्यांक वा प्रतिवेदन पनि सार्वजनिक गर्दैन । बरु, भगवान भरोसामा उच्च हिमाली भेगमा उडान भइरहेका छन् ।

तर, नेपालका निजी हेलिकप्टरको ७० प्रतिशत व्यापार खुम्बु क्षेत्रमा केन्द्रित छ । १० प्रतिशत हाराहारी व्यापार सिमीकोट–हिल्सा र बाँकी अन्य हिमाल तथा गतिविधिबाट व्यापार प्राप्त गर्ने गरेको देखिन्छ ।

जुन भेगमा हेलिकप्टर व्यापारको ७० प्रतिशत हिस्सा छ, सोही भेगमा प्राधिकरण र राज्यको उपस्थिति नहुनुले यहाँ वायुसेवा कम्पनी र पाइलटको मनपरीमा मलजल गरेको छ ।

पटक–पटक दोहोरिँदै दुर्घटना, छैन गल्ती सच्याउने तत्परता

यसअघि १२ कात्तिक २०८२ मा सोलुखुम्बुकै लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनापछि सरकारले गठन गरेको छानबिन आयोगले लुक्ला विमानस्थलमा रहेका प्राधिकरणका कर्मचारीले खुम्बु क्षेत्रमा हुने उडानको प्रभावकारी नियमन र जोखिम मूल्यांकन गर्न नसकेको बताएको थियो ।

सोही प्रतिवेदनले खुम्बु क्षेत्रका हेलिप्याडहरूमा ग्राउन्ड स्टाफ राख्नसमेत भनेको थियो । प्रतिवेदनले सबै हेलिकप्टर अपरेटरले व्यस्त समयमा सब–बेसहरूमा अनिवार्य कर्मचारी राख्न भनेको थियो । सोही प्रतिवेदनले पाइलटलाई अवतरण स्थलको अवस्था र मौसमको विस्तृत जानकारी राख्नसमेत सुझाव दिएको थियो ।

दुर्गम क्षेत्र र उद्धार उडानका लागि पूर्वउडान जोखिम मूल्यांकन तयार गर्न पनि प्रतिवेदनले सुझाव दिएको थियो । उच्च हिमाली भेगका हेलिप्याडमा स्पष्ट र स्तरीय मार्कर राख्न र हिउँ तथा हिमाली भेगमा हुने उडान सम्बन्धी निर्देशिका बनाउन समेत सोही प्रतिवेदनले सुझाव दिएको थियो ।

यी अधिकांश सुझाव अहिले पनि कार्यान्वयनमा आएका छैनन् । गरिएका काम पनि औपचारिकतामा सीमित छन् । जसले गर्दा उस्तै प्रकृतिका दुर्घटना निरन्तर दोहोरिने गरेका छन् ।

दुर्घटनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेको छ । मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले भनेका छन्, ‘नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै सुरक्षित, भरपर्दो र विश्वसनीय हवाई सेवा सुनिश्चित गर्न नेपाल सरकारको नीतिगत, संस्थागत, संरचनागत तथा पूर्वाधार विकासका क्षेत्रमा निरन्तर प्रयास गर्दै आएको छ ।’

उनले नेपाली आकाश थप सुरक्षित बनाउन हवाई सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा नियमन उच्च प्राथमिकतामा राखिएको समेत बताएका छन् ।

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
4m ago
अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाभरका विमानस्थलबाट हुने उडान चार घण्टाभन्दा बढी समय रोकिएपछि पुनः सञ्चालनमा आएका छन्। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार प्रणालीको...

#उडान #हवाई
Compare →
Hamro Patro News
31m ago
अमेरिकामा अचानक देशभरका सबै हवाई उडानमा रोक

अमेरिकामा अचानक देशभरका सबै हवाई उडानमा रोक

अमेरिकामा अचानक देशभरका सबै हवाई उडानमा रोक लगाइएको छ। संघीय उड्डयन प्रशासन (एफएए)ले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै आकस्मिक निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अचानक...

#उडान #हवाई
Compare →
Ekantipur
1h ago
अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

#उडान #हवाई
Compare →
Nagarik News
2d ago
बाहुनडाँगीमा जङ्गली हात्तीको त्रासः सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जङ्गली हात्तीको त्रासः सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ।

#क्षेत्रमा #सुरक्षा
Compare →

Related Stories

Technology
Build #2612