Trending
Prev Story
Next Story

फिदिममा भएको आगलागीमा ९ लाखको क्षति

Ekantipur •
November 03, 2026 • 11:32 AM
3
3 reads 0 reactions

मंगलबार बिहान पौने ३ बजेतिर विद्युत् सर्ट भएर स्थानीय जनकलाल राईको घरमा आगलागी भएको थियो ।

फिदिममा भएको आगलागीमा ९ लाखको क्षति

मंगलबार बिहान पौने ३ बजेतिर विद्युत् सर्ट भएर स्थानीय जनकलाल राईको घरमा आगलागी भएको थियो ।

पाँचथर — जिल्ला सदरमुकाम फिदिममा मंगलबार बिहान भएको आगलागीमा ८ लाख ७५ हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भएर स्थानीय जनकलाल राईको घरमा बिहान पौने ३ बजेतिर आगलागी सुरु भएको थियो ।

आगलागीमा राईको तीनतले पक्की घरको माथिल्लो तलामा रहेको भान्सासहित त्यहाँ रहेका सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले बताए ।

सबैभन्दा धेरै काठपात र भाँडावर्तन जलेका छन् । यहाँ ४ लाख बराबरका चाँपका काठ, तामा र काँसका भाँडा वर्तन, खाद्यान्न, नगद २८ हजार रुपैयाँ र अन्य महत्वपूर्ण सामाग्री जलेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले दिउँसो क्षतिको विवरण संकलन गरेको हो ।

आगलागीमा ग्यास सिलिण्डर समेत विष्फोट भएको थियो । आगो स्थानीय, प्रहरी र दमकलको प्रयासमा बिहान ४ बजे नियन्त्रणमा आएको थियो । स्थानीय प्रहरी र दमकलको प्रयासले घरमा थप आगो फैलन पाएन ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
स्पामा विद्युत् सर्ट हुँदा ६० लाखको क्षति

स्पामा विद्युत् सर्ट हुँदा ६० लाखको क्षति

आज बिहान करिब ८:०० बजे प्रजापति कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले आफ्नो पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई जानकारी गराएका थिए।

#आगलागी #बिहान #लाखको
Compare →
Hamro Patro News
2h ago
भक्तपुरको साततले भवनमा आगलागी स् स्पा र कम्प्लेक्समा ८० लाखको क्षति

भक्तपुरको साततले भवनमा आगलागी स् स्पा र कम्प्लेक्समा ८० लाखको क्षति

भक्तपुर । भक्तपुरको राधेराधेस्थित साततले प्रजापति कम्प्लेक्समा भएको आगलागीले करिब ८० लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट गरेको छ। भवनको सातौँ तलामा रहेको स्पामा विद्युत् सर्ट भएर सुरु भएको आगो...

#आगलागी #लाखको #क्षति
Compare →
Onlinekhabar
2d ago
मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको दुई …

#आगलागी #क्षति
Compare →
Bizshala
1d ago
मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

काठमाण्डौ । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा बुधबार साँझ भएको आगलागीबाट घरसहित पाँच संरचना जलेर नष्ट भएका छन् ।...

#आगलागी #क्षति
Compare →

Related Stories

World News
Build #2612