Trending
Prev Story
Next Story

मधेशमा सरुवाविरुद्ध वन कर्मचारी आन्दोलित, मधेश भवन अगाडि धर्ना

Onlinekhabar •
November 03, 2026 • 09:31 AM
2
2 reads 0 reactions

१७ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा मनोमानी तथा अपारदर्शीता भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानले विरोध प्रदर्शन गरेको छ । अभियानका पदाधिकारी तथा सदस्यहरूले सोमबार …

मधेशमा सरुवाविरुद्ध वन कर्मचारी आन्दोलित, मधेश भवन अगाडि धर्ना

१७ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा मनोमानी तथा अपारदर्शीता भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानले विरोध प्रदर्शन गरेको छ ।

अभियानका पदाधिकारी तथा सदस्यहरूले सोमबार मधेश भवनको गेट अगाडि अनुहारमा कालोपट्टी बाँधेर एक घण्टा धर्ना दिएका हुन् ।

सरुवामा राजनीतिक पहुँच र प्रभावका आधारमा विभेद गरिएको भन्दै उनीहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

अभियानका अध्यक्ष सुनिलकुमार यादवले पहुँच भएका कर्मचारीको सरुवा रोकिएको र पहुँच नभएकालाई मात्रै सरुवा गरिएको आरोप लगाए ।

मुख्यमन्त्री तथा मन्त्रालयका अधिकारीहरूको आदेशमा केही कर्मचारीको सरुवा रोकिएको भन्दै उनले त्यसको आधार र निर्णयकर्ताबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरे ।

धर्नापछि अभियानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रदेशका प्रमुख सचिवलाई सातबुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा सरुवा अवधि पूरा गरेका कर्मचारीको निष्पक्ष र पारदर्शी सरुवा गर्नुपर्ने, सबै निकायमा समान सरुवा मापदण्ड लागू गर्नुपर्ने, सरुवामा भएका त्रुटि सच्याउनुपर्ने तथा कर्मचारीलाई अनिवार्य रूपमा फरक जिल्लामा पदस्थापन गर्नुपर्ने माग गरिएको छ ।

यस्तै, राजनीतिक संरक्षण र अपारदर्शी चलखेल बन्द गर्नुपर्ने, सरुवा रोक्नुको कारण सार्वजनिक गर्नुपर्ने तथा महिला र नवप्रवेशी कर्मचारीमाथिको विभेद र मानसिक दबाब अन्त्य गरी सम्मानजनक कार्यस्थल सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

अध्यक्ष यादवले दीपावलीअघि माग सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । माग पूरा नभए मन्त्रालय तथा मुख्यमन्त्री कार्यालय अगाडि थप सशक्त धर्ना र प्रदेशव्यापी निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
53m ago
छठको अनुगमन गर्ने भन्दै मधेश झरे ऋषि धमला, सुधन गुरुङ फर्के लगत्तै भन्सार निरीक्षण

छठको अनुगमन गर्ने भन्दै मधेश झरे ऋषि धमला, सुधन गुरुङ फर्के लगत्तै भन्सार निरीक्षण

वीरगञ्ज । छठ पर्वलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा सम्पन्न गराउने भन्दै स्वतन्त्र नागरिक अभियान नेपालको ब्यानर बोकेर ऋषि धमला मधेश झरेका छन् । मधेश केन्द्रित अभियान गर्ने भन्दै हिँडेका धमलाले छठक...

#मधेश #अभियान
Compare →
Arthasansar
1d ago
राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको हो ।...

#कर्मचारी
Compare →
Nagarik News
1d ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#मधेश
Compare →
Ekantipur
1d ago
मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

एमाले र नेकपाले सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।

#मधेश
Compare →

Related Stories

Technology
Build #2612