Trending
Prev Story
Next Story

खाद्यको धान खरिद कार्यतालिका सार्वजनिक, एक किसानसँग अधिकतम ३० क्विन्टल किन्ने

Onlinekhabar •
November 03, 2026 • 09:31 AM
3
3 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले तोकेको समर्थन मूल्यमा किसानबाट धान खरिद प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ । कम्पनीको प्रधान …

खाद्यको धान खरिद कार्यतालिका सार्वजनिक, एक किसानसँग अधिकतम ३० क्विन्टल किन्ने

१७ कात्तिक, काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले तोकेको समर्थन मूल्यमा किसानबाट धान खरिद प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ ।

कम्पनीको प्रधान कार्यालय, खरिद विभागले बर्दियाको राजापुर शाखालाई धान खरिदको अख्तियारी पठाएको छ भने कञ्चनपुरको महेन्द्रनगर शाखाले किसानका लागि खरिद तालिका नै सार्वजनिक गरिसकेको छ ।

मन्त्रिपरिषद्को ११ जेठको निर्णय अनुसार यस वर्षका लागि मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६० तोकिएको छ ।

यसै मूल्यका आधारमा कम्पनीको प्रधान कार्यालयले १२ कात्तिकमा मुख्य शाखा कार्यालय राजापुर (बर्दिया) लाई प्रथम चरणमा ३० हजार क्विन्टल धान खरिद गर्न अख्तियारी दिइसकेको छ । जसमा २५ हजार क्विन्टल मोटा धान र ५ हजार क्विन्टल मध्यम धान रहेको छ ।

वास्तविक किसानले मात्र समर्थन मूल्यको लाभ पाउन् भन्ने उद्देश्यले अस्वाभाविक रूपमा एकै पटक बढी परिमाणमा धान बिक्री गर्न आउने व्यक्तिलाई पहिचान गरी निरुत्साहित गर्न प्रधान कार्यालयले निर्देशन समेत दिएको छ ।

यसैगरी कम्पनीको शाखा कार्यालय महेन्द्रनगरले १६ कात्तिकको प्राथमिक खरिद समिति निर्णय अनुसार खरिदका लागि कार्यतालिका सार्वजनिक गरेको छ । किसानले धान बिक्री गर्न अनिवार्य रूपमा पहिले कुपन लिनुपर्ने छ ।

शाखा कार्यालय परिसरबाट १९ र २० कात्तिकमा किसानलाई कुपन वितरण गरिने छ भने कुपन प्राप्त गरेका किसानको धान २७ कात्तिकदेखि सार्वजनिक बिदाका दिनबाहेक कार्यालयको गोदाममा जोख्ने (काँटा गर्ने) कार्य सुरु हुनेछ ।

धान बिक्री गर्न चाहने किसानका लागि कम्पनीले निश्चित मापदण्ड र नियम तय गरेको छ । बिचौलिया रोक्न र वास्तविक किसानलाई मात्र लाभ दिन एक किसानबाट अधिकतम ३० क्विन्टलसम्म मात्र धान खरिद गर्ने कम्पनीको नीति छ ।

किसानले बिक्रीका लागि ल्याउने धानमा पराल, भुसा, पोकटा, माटो र ढुङ्गा नमिसिएको एकदमै सफा हुनुपर्ने छ र धानको गुणस्तर यकिन भएपछि मात्र काँटा गरिने छ ।

कुपनमा उल्लेखित मितिमा मात्र धान ल्याउनुपर्ने व्यवस्था गरिएको छ, अन्यथा अन्य दिन ल्याइए कम्पनी धान खरिद गर्न बाध्य हुने छैन ।

धान खरिद प्रक्रिया पारदर्शी बनाउन कागजातमा पनि कडाइ गरिएको छ । किसानले कुपन लिन आउँदा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) र नागरिकताको फोटोकपी अनिवार्य ल्याउनुपर्ने छ ।

जग्गा ठेक्का (भाडा) मा लिई उत्पादन गर्ने किसानका हकमा भने ठेक्का सम्झौतापत्र वा ठेक्कामा लिएको भनी वडा कार्यालयले दिएको सिफारिसको सक्कलपत्र आवश्यक पर्ने छ ।

यसका साथै धान बिक्री गर्ने (काँटा गर्ने) समयमा किसानको पहिचान खुल्ने गरी वडाले गरिदिएको सिफारिसपत्रको सक्कल प्रतिसमेत बुझाउनुपर्ने अनिवार्य व्यवस्था छ ।

किसानले धान बिक्री गरिसकेपछि खरिद बापत सम्पूर्ण रकम नगदमा नभई सम्बन्धित किसानकै बैंक खातामा सिधै जम्मा गरिने छ ।

कम्पनीले तोकिएको मिति र मापदण्डभित्र रहेरमात्र धान बिक्री गर्न सम्पूर्ण किसान वर्गमा अनुरोध गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5h ago
बाँकेमा सहकारीद्वारा धान खरिद

बाँकेमा सहकारीद्वारा धान खरिद

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ।

#धान #खरिद
Compare →
Bizshala
2d ago
वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

काठमाण्डौ । वीरगञ्ज नाकाबाट हुने खाद्यान्न आयात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य रूपमा खुम्चिएको छ। धान र...

#धान #खाद्य
Compare →
Nagarik News
2d ago
असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ।

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2612