Trending
Prev Story
Next Story

दुई महिनादेखि ठप्प सरकारी ई–जीपी तिहारअघि खुलाउने तयारी

Bizshala •
November 03, 2026 • 06:03 AM
2
2 reads 0 reactions

काठमाण्डौ । सरकारी ठेक्का तथा सार्वजनिक खरिद प्रक्रियालाई अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने विद्युतीय खरिद प्रणाली...

दुई महिनादेखि ठप्प सरकारी ई–जीपी तिहारअघि खुलाउने तयारी

काठमाण्डौ । सरकारी ठेक्का तथा सार्वजनिक खरिद प्रक्रियालाई अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने विद्युतीय खरिद प्रणाली (ई–जीपी) दुई महिनादेखि ठप्प हुँदा सरकारी निकायको खरिद प्रक्रिया र विकास निर्माणका काम प्रभावित भएका छन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयले गम्भीर साइबर सुरक्षा जोखिम देखिएको भन्दै गत भदौ ११ गतेदेखि पुरानो ई–जीपी प्रणाली स्थगित गरेको थियो। प्रणाली बन्द भएपछि सार्वजनिक निकायलाई अस्थायी रूपमा कागजी प्रक्रियाबाट बोलपत्र बुझ्ने व्यवस्था गरिएको छ।

पुरानो प्रणालीमा बोलपत्रको गोपनीयता भंग हुनसक्ने, प्रतिस्पर्धीले प्रस्ताव गरेको रकम चुहावट हुनसक्ने तथा अनधिकृत पहुँचमार्फत बोलपत्रमा हेरफेर हुनसक्ने जोखिम देखिएपछि प्रणाली नै बन्द गरेर नयाँ संस्करण विकासको काम अघि बढाइएको हो।

नयाँ ई–जीपी प्रणाली सरकारी सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले तयार पारेको छ। अहिले प्रणालीको प्राविधिक परीक्षणसँगै साइबर सुरक्षा परीक्षण भइरहेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका कम्प्युटर अधिकृत निर्मल लामाका अनुसार नयाँ प्रणाली तिहारअघि नै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ।

नयाँ संस्करण सञ्चालनमा आएपछि सरकारी निकायको अनलाइन बोलपत्र आह्वान, प्रस्ताव दर्ता तथा खरिदसम्बन्धी अन्य प्रक्रिया पुनः डिजिटल प्रणालीबाट सुरु हुनेछन्।

ई–जीपी प्रणालीलाई सार्वजनिक खरिदमा पारदर्शिता, प्रतिस्पर्धा र गोपनीयता कायम गर्ने प्रमुख प्रणालीका रूपमा लिइन्छ। तर करिब दुई महिनासम्म प्रणाली बन्द रहँदा सरकारी खरिददेखि विकास आयोजनासम्मको प्रक्रियामा ढिलाइ भएको छ।

अब नयाँ प्रणालीले पुरानो संस्करणमा देखिएका सुरक्षा कमजोरी पूर्ण रूपमा सम्बोधन गर्न सक्छ कि सक्दैन र लामो समयदेखि रोकिएका खरिद तथा ठेक्का प्रक्रियालाई कति छिटो गति दिन सक्छ भन्ने विषय महत्वपूर्ण बनेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकामा हवाई सेवा ठप्प

सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकामा हवाई सेवा ठप्प

अमेरिका । एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि अमेरिकाभरका उडान रोकिएका छन् । सन् २००१ सेप्टेम्बर ११ (९/११) को आतंकवादी आक्रमणपछि अमेरिकी हवाई सेवामा पहिलोपटक यति...

#प्रणाली #ठप्प
Compare →
Ekantipur
21h ago
त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबैमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबैमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, कलेजलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने र शैक्षिक सत्रलाई व्यवस्थित बनाउनुपर्ने लगायतका विषयमा छलफल भएको छ ।

#प्रणाली #तयारी
Compare →
Nagarik News
21h ago
त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ।

#प्रणाली #तयारी
Compare →
Onlinekhabar
22h ago
विश्वभर माइक्रोसफ्टका सेवाहरू ठप्प, आउटलुक इमेल पनि प्रभावित

विश्वभर माइक्रोसफ्टका सेवाहरू ठप्प, आउटलुक इमेल पनि प्रभावित

२७ कात्तिक, काठमाडौं । प्राविधिक समस्या सुरु भएको कैयौँ घण्टापछि पनि आउटलुक इमेल, टिम्स म्यासेजिङ एप र माइक्रोसफ्ट ३६५ का अन्य सेवाहरू ठप्प रहे। रोयटर्सका अनुसार, माइक्रोसफ्टले आफ्नो पछिल्लो अपडेटमा सेवाहरू सुधार गर्न र यस समस्यालाई …

#ठप्प
Compare →

Related Stories

Politics & Governance
Build #2612