Trending
Prev Story
Next Story

आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Bizshala •
November 03, 2026 • 06:03 AM
2
2 reads 0 reactions

काठमाण्डौ । सरकारले आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको...

आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाण्डौ । सरकारले आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ।

अभियानअन्तर्गत ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ तथा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।

स्वास्थ्य सेवा विभागका अनुसार यसपटक करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।

अभियान सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र करिब १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

बालबालिकामा कुपोषण तथा विभिन्न स्वास्थ्य जटिलताको जोखिम कम गर्ने उद्देश्यले सरकारले हरेक वर्ष कात्तिक र वैशाखमा यो अभियान सञ्चालन गर्दै आएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान आज पनि जारी

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान आज पनि जारी

कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।

#बालबालिका #भिटामिन #जुका
Compare →
Ekantipur
1w ago
२० कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

२० कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम १० देखि २९ डिग्री सेल्सियससम्म रहने अनुमान।

#देशभर
Compare →
Hamro Patro News
1w ago
तिहार लक्षित सुरक्षा योजना लागू, देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

तिहार लक्षित सुरक्षा योजना लागू, देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौं – नजिकिँदै गरेका तिहार, दीपावली, छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, मादक पदार्थ सेवन,...

#देशभर
Compare →
Onlinekhabar
1w ago
औषधि नियमनमा प्रदेश संरचना किन चाहिन्छ ?

औषधि नियमनमा प्रदेश संरचना किन चाहिन्छ ?

नेपालमा स्वास्थ्य सेवा सुधारको चर्चा हुँदा अस्पताल, स्वास्थ्यकर्मी, स्वास्थ्य बीमा र पूर्वाधारलाई प्राथमिकता दिइन्छ । तर उपचारको प्रभावकारिता र जनस्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्ने नियमन प्रणाली हो । गुणस्तरहीन …

#औषधि
Compare →

Related Stories

Health & Wellness
Build #2612