Trending
Prev Story
Next Story

युक्रेनको शरणार्थीस्थलमा रुसी आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु

Ekantipur •
November 03, 2026 • 04:32 AM
3
3 reads 0 reactions

युक्रेनको आपतकालीन सेवाका अनुसार कमिसुभाखा गाउँमा ज्यान गुमाउनेहरूमा उद्धार टोलीका दुई सदस्य र चार जना प्रहरी अधिकारी समावेश छन्। अस्पतालमा उपचाररत पाँच जनामध्ये दुई जना उद्धारकर्ता रहेका छन्

युक्रेनको शरणार्थीस्थलमा रुसी आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु

युक्रेनको आपतकालीन सेवाका अनुसार कमिसुभाखा गाउँमा ज्यान गुमाउनेहरूमा उद्धार टोलीका दुई सदस्य र चार जना प्रहरी अधिकारी समावेश छन्। अस्पतालमा उपचाररत पाँच जनामध्ये दुई जना उद्धारकर्ता रहेका छन्

किभ — युक्रेनको दक्षिण-पूर्वी जापोरिजिया क्षेत्रको एक विद्यालयमा सोमबार रुसी सेनाले बमबारी गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको छ। उक्त विद्यालय पछिल्लो समय शरणार्थीस्थलका रुपमा प्रयोग हुँदै आएको थियो  । यहाँ, प्रत्येक सोमबार मानवीय सहायता वितरण हुने गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनाएका छन् ।

युक्रेनको आपतकालीन सेवाका अनुसार कमिसुभाखा गाउँमा ज्यान गुमाउनेहरूमा उद्धार टोलीका दुई सदस्य र चार जना प्रहरी अधिकारी समावेश छन्। अस्पतालमा उपचाररत पाँच जनामध्ये दुई जना उद्धारकर्ता रहेका छन्।

जेलेन्स्कीले आफ्नो रात्रिकालीन भिडियो सम्बोधनमा रुसी सेनाले सुरुमा गाउँको एउटा विद्यालयमा हवाई बम खसालेको बताए । जापोरिजिया शहरको दक्षिण-पूर्वमा रहेको सो गाउँको विद्यालयमा कुनै कक्षाहरू सञ्चालन नभएको उनले जानकारी दिए ।

उनका अनुसार यहाँ सोमबार मानवीय सहायता वितरण हुँदै थियो । 'मानिसहरू आइपुग्दा रुसीहरूले आकाशबाट बम प्रहार गरे,' उनले भने,' शरणार्थी केन्द्रमा भएको यो कदम एक आतंकवादी आक्रमण हो ।'

केही समयअघि मात्रै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा दक्षिणको द्वन्द्वग्रस्त शहर ओलेस्कीमा गत हप्ता युद्ध विराम भएको थियो ।

तर, रुसले युद्धविरामलाई कायम गर्नभन्दा पनि युद्धमै जोड दिइरहेको जेलेन्स्कीले आरोप लगाए । 'यदि रुस वास्तवमै तनाव कम गर्न चाहन्थ्यो भने, ओलेस्कीको स्थितिपछि मानवीय कदमहरू जारी राख्ने अवसर थियो। हामीले यसको प्रस्ताव गरेका थियौं। तर रुसले मानिसहरूलाई मार्न जारी राखेको छ।'

जापोरिजिया नगर परिषद्की सचिव रेजिना खार्चेन्कोले आक्रमणमा २७ जना बेपत्ता भएको बताएकी छन् । सामाजिक सञ्जालमा  पोस्ट गरिएका तस्बिरहरूमा क्षेत्रभरि सल्किरहेका भग्नावशेषहरू यत्रतत्र छरिएका देखिएका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
गाजाको अस्पतालमा इजरायली हवाई आक्रमण, कम्तीमा ६ जनाको मृत्यु

गाजाको अस्पतालमा इजरायली हवाई आक्रमण, कम्तीमा ६ जनाको मृत्यु

गाजाको दक्षिणी क्षेत्र खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यक्रिया विभागमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्। प्यालेस्टिनी सुरक्ष...

#आक्रमण #कम्ती #जनाको
Compare →
Arthasansar
1d ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#युक्रेन #रुसी #आक्रमण
Compare →
Nagarik News
18h ago
सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवार तथा आफन्तबीच सहमति जुटेपछि आफन्तहरूले शव बुझेका छन्।

#ज्यान #जनाको
Compare →
Bizshala
21h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#युक्रेन
Compare →
Onlinekhabar
1d ago
यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ वटा कार र ५ वटा ट्रकहरू ठोक्किएर भएको ठूलो सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। यूएईको …

#जनाको #मृत्यु
Compare →

Related Stories

World News
Build #2612