Trending
Prev Story
Next Story

विश्व कराते च्याम्पियनसीपमा नेपाली बाबु–छोराले नै जिते पदक

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

२ कात्तिक, लन्डन । बेलायतमा आयोजित चौथो विश्व कराते च्याम्पियनसीप २०२६ मा नेपाली बाबु–छोराले नै पदक जितेका छन् । वर्ल्ड युनियन अफ मार्सल आर्टस फेडेरेसनले गत ९ देखि ११ अक्टोबरसम्म के टु एरिना क्रली इंग्ल्याण्डमा आयोजना …

विश्व कराते च्याम्पियनसीपमा नेपाली बाबु–छोराले नै जिते पदक

२ कात्तिक, लन्डन । बेलायतमा आयोजित चौथो विश्व कराते च्याम्पियनसीप २०२६ मा नेपाली बाबु–छोराले नै पदक जितेका छन् ।

वर्ल्ड युनियन अफ मार्सल आर्टस फेडेरेसनले गत ९ देखि ११ अक्टोबरसम्म के टु एरिना क्रली इंग्ल्याण्डमा आयोजना गरेको प्रतियोगितामा १३ वर्षीय एड्रियन क्षेत्री र उनका पिता ५२ वर्षीय ज्ञानेन्द्र क्षेत्रीले सिल्भर मेडल जितेका हुन् ।

१७२ देशका खेलाडी सहभागी उक्त प्रतियोगितामा एड्रियनले अन्डर १५ क्याटेगोरिजमा सिल्भर मेडल जित्दा उनका बुबा ज्ञानेन्द्रले सोही च्याम्पियनसीपमा अण्डर ६० मा सिल्भर मेडल जिते ।

यस अतिरिक्त फेमिली काता ओपन वानमा बाबु छोराले अर्को सिल्भर मेडल पनि जितेका छन् ।

बर्लिनमा हुने भनिएको यस प्रतियोगिता इंग्ल्याण्डमा भएको थियो ।

लन्डन क्वीन्सबरीस्थित क्यानन हाइस्कुलमा कक्षा ९ मा अध्ययनरत एड्रियनले गत वर्ष अण्डर १५ क्याटेगोरिजमा गोल्ड मेडल र बुबा ज्ञानेन्द्रले अण्डर ६० मा सिल्भर मेडल जितेका थिए ।

एड्रियनले यसअघि अण्डर १० र ०२४ को ईयू च्याम्पियनसीप अण्डर १५ मा पनि मेडल जितेका थिए ।

लन्डन बार्नेटमा जन्मिएका एड्रियन ५ वर्षको छंदा सन् २०१७ देखि यस खेलमा आवद्ध भएका थिए । वान डान एड्रियन जुनियर इन्सट्रक्टर पनि हुन् ।

’ट्रान्सपोर्ट फर लन्डन’ मा विगत २४ वर्षदेखि कार्यरत वरिष्ठ इन्जिनियर ज्ञानेन्द्र क्षेत्रीले यसअघि अण्डर ५० मा गोल्ड मेडल जितेका थिए ।

ब्ल्याक बेल्ट ज्ञानेन्द्र सिनियर इन्सट्रक्टर पनि हुन् । प्रशिक्षणबाहेक कराँते ’डान’ ग्रेडिङ र आधिकारिक प्रमाणपत्र प्रदान गर्ने उनको जिम्मेवारी छ ।

आउंदो महिना जजिङ र कोचिङको ’सी’ लाइसेन्स लिने तयारी गरिरहेको ज्ञानेन्द्रले बताए ।

बाबु छोरा सोमबार, मंगलबार, बुधबार र बिहीबार ६ देखि ८ बजे सांझ कराते प्रशिक्षणमा व्यस्त हुन्छन् ।

छोरालाई सिकाउन लाने क्रममा आफू पनि खेल्न प्रेरित भएको उनी बताउंछन् ।

काठमाडौं गोकर्णका स्थायी बासिन्दा क्षेत्रीले खेल खेल्न उमेर बाधक नहुने बताए । जागिरबाट अवकास भएपछि पनि प्रशिक्षकका रुपमा आफू यसैमा समर्पित हुने लक्ष्य उनको छ ।

स्वस्थ्य रहन पनि खेल आवश्यक भएकाले सबैलाई शारिरीक अभ्यास गर्न उनले सुझाए ।

इन्जिनियर क्षेत्री गीतकार पनि हुन् । उनको लेखन तथा गायक गायिका तिलक बस्नेत र बन्दना पाण्डेले गाएको ’पैसा पैसा’ भन्ने गीत एवं म्यूजिक भिडियो निकै लोकप्रिय भएको थियो ।

यसबाहेक माया र प्रेमलाई संस्कार र प्रकृतिसंग संयोजन गरिएको उनको ’पीर नगर निरमाया’ बोलको अर्को गीतको भिडियो पनि यूट्युबमा लाखौंले हेरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2h ago
रूसमा चम्किए नेपाली विद्यार्थी, रजतसहित चार पदक जिते

रूसमा चम्किए नेपाली विद्यार्थी, रजतसहित चार पदक जिते

अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो।

#जिते #पदक
Compare →
Ekantipur
15h ago
तरुणले जिते सलिको गल्फ उपाधि

तरुणले जिते सलिको गल्फ उपाधि

६ ह्यान्डिक्यापमा खेलेका तरुण अग्रवालले कुल ३८ अंक जोड्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले अन्नपूर्ण आधार सिविरसम्म हेलिकप्टर यात्राको अवसरसमेत पाएका छन् ।

#जिते
Compare →
Hamro Patro News
1d ago
चितवनविरुद्ध टस जितेको जनकपुरले पहिले ब्याटिङ गर्दै

चितवनविरुद्ध टस जितेको जनकपुरले पहिले ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा जारी खेलमा जनकप...

#जिते
Compare →

Related Stories

World News
Build #2612