Trending
Prev Story
Next Story

अटो दुर्घटनामा श्रीमान्‌को मृत्यु, श्रीमतीसहित २ जना घाइते

Ekantipur •
October 22, 2026 • 12:37 PM
3
3 reads 0 reactions

मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा दुर्घटना भएको हो ।

अटो दुर्घटनामा श्रीमान्‌को मृत्यु, श्रीमतीसहित २ जना घाइते

मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा दुर्घटना भएको हो ।

हेटौंडा — मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा भएको अटो दुर्घटनामा घाइते दम्पतीमध्ये एकको मृत्यु भएको छ ।

बुधबार दिउँसो बकैया–५ स्थित मदन भण्डारी लोकमार्गमा भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा प्र ०८–००१ ह ०१०५ नम्बरको अटोको बेक्र फेल भएर दुर्घटना भएको थियो । दुर्घटनामा बकैया–५, भनौरका ४५ वर्षीय सन्तबहादुर माझी, उनकी ४० वर्षीय श्रीमती शान्तिमाया माझी र मकवानपुरगढी गाउापालिका–१ बस्ने ८ वर्षीय सन्देशकुमार मुक्तान घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारका लागि  मकवानपुर सहकारी अस्पताल पठाइएको थियो । सामान्य उपचारपश्चात् थप उपचारका लागि घाइते दम्पतीलाई भरतपुर रिफर गरिएको थियो तर भरतपुर अस्पताल नपुग्दै बाटोमै सन्तबहादुरको स्वास्थ्य अवस्था बिग्रिएकाले हेटौंडा अस्पतालमा ल्याइएको थियो । अस्पतालमा जाँच गर्दा डाक्टरले उनलाई मृत घोषणा गरे  ।

मृत्तककी श्रीमती शान्तिमायाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते सन्देश मुक्तान सहकारी अस्पतालमा उपचार भइरहेको छ । अटो चालक बकैया –४ बस्ने ५१ वर्षीय राम काजी माझी जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते
Compare →
Onlinekhabar
23h ago
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, पोस्टमार्टम प्रक्रिया अगाडि बढ्यो

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, पोस्टमार्टम प्रक्रिया अगाडि बढ्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीवार बिहान भएको ईभी भ्यान दुर्घटनाका मृतक परिवार शव उठाउन तयार बनेका छन् । संघीय सरकारसँग पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार …

#दुर्घटना #मकवानपुर
Compare →
Hamro Patro News
21h ago
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क ३ मिनेट अघि धनुषा : मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाको परि...

#दुर्घटना #घाइते
Compare →
Bizshala
1d ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →
Arthasansar
1d ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#मृत्यु #घाइते
Compare →

Related Stories

National (Nepal)
Build #2612