Trending
Prev Story
Next Story

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Ekantipur •
October 20, 2026 • 07:48 AM
3
3 reads 0 reactions

हेटौँडा–भीमफेदी सडकखण्डअन्तर्गत सामरीमा सवारीसाधन एकआपसमा ठोक्किँदा हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय विनोद लामाको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

हेटौँडा–भीमफेदी सडकखण्डअन्तर्गत सामरीमा सवारीसाधन एकआपसमा ठोक्किँदा हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय विनोद लामाको मृत्यु भएको हो।

हेटौँडा उपमहानगरपालिका–१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

हेटौँडा–भीमफेदी सडकखण्डअन्तर्गत सामरीमा सवारीसाधन एकआपसमा ठोक्किँदा हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय विनोद लामाको मृत्यु भएको हो।

हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३२ च ०१४१ नम्बरको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा.४७ प ८४६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक लामा गम्भीर घाइते भएका थिए।

दुर्घटनालगत्तै उपचारका लागि लामालाई हेटौँडा अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले पिकअप गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १७ जना घाइते

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १७ जना घाइते

गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

#मोटरसाइकल #मृत्यु
Compare →
Hamro Patro News
22h ago
साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु, मोटरसाइकल चालक घाइते

साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु, मोटरसाइकल चालक घाइते

भक्तपुर । भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–१०...

#मोटरसाइकल #चालक #मृत्यु
Compare →
Onlinekhabar
20h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु …

#मोटरसाइकल #मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2612