Trending
Prev Story
Next Story

दसैं र जात्राले बैतडीका सुनसान गाउँमा बढायो चहलपहल

Ekantipur •
October 18, 2026 • 10:18 PM
3
3 reads 0 reactions

वर्षभरि सुनसान देखिने गाउँका घरआँगन, चौतारा, पानीपँधेरा र स्थानीय बजारमा अहिले चहलपहल बढेको ‍छ ।

दसैं र जात्राले बैतडीका सुनसान गाउँमा बढायो चहलपहल

वर्षभरि सुनसान देखिने गाउँका घरआँगन, चौतारा, पानीपँधेरा र स्थानीय बजारमा अहिले चहलपहल बढेको ‍छ ।

बैतडी — रोजगारी र बसाइँसराइका कारण गाउँघर छाडेर बाहिरिएकाहरू दसैँ र जात्राका लागि आफ्नो थातथलो फर्किन थालेपछि बैतडीका गाउँघरमा चहलपहल बढेको छ। वर्षभरि सुनसान देखिने गाउँका घरआँगन, चौतारा, पानीपँधेरा र स्थानीय बजारमा अहिले चहलपहल बढेको हो।

शिवनाथ गाउँपालिका–५, कफाडीका स्थानीय मीन चन्दका अनुसार दसैँ र जात्रा नजिकिएसँगै रोजगारीका लागि विदेशिएका तथा बसाइँसराइ गरेर अन्यत्र गएकाहरू गाउँ फर्किन थालेका छन्। उनीहरू फर्किएसँगै गाउँघरमा भीडभाड बढेको उनले बताए।

गाउँ फर्किएकाहरूले आफन्त र छिमेकीसँग भेटघाट गर्ने क्रम बढेकाले पनि गाउँघरमा चहलपहल बढेको चन्दले बताए। बसाइँसराइ गरेर अन्यत्र गएका तथा रोजगारीका लागि बाहिरिएकाहरू नवरात्रि, दसैँ र जात्राका बेला हुने देवीदेवताको विशेष पूजाआजा तथा धार्मिक गतिविधिमा सहभागी हुन गाउँ फर्किने गर्छन्।

प्रायः सुनसान रहने गाउँका घरआँगन र स्थानीय बजारमा अहिले आफन्त तथा छिमेकीको बाक्लो उपस्थिति देखिन थालेको छ। जात्राका अवसरमा विशेष पूजाआजासँगै मेला पनि लाग्ने गर्छ। अधिकांश जात्रामा दुई दिनसम्म मेला लाग्ने गरेको स्थानीय बताउँछन्।

जिल्लाको दशरथचन्द नगरपालिकास्थित निङ्गलाशैनी भगवती मन्दिर, पाटन नगरपालिकास्थित उदैदेव मन्दिर र शिवनाथ गाउँपालिकास्थित उदैदेव मन्दिरमा दसैँअघि नै विशेष पूजाआजा र जात्रा हुने गर्छ। यी मन्दिरमा पूजाआजा र मेलासँगै राँगाको बलि दिने प्रचलनसमेत रहेकाले जात्रामा सहभागी हुन बाहिरिएकाहरू गाउँ फर्किने गरेका छन्।

रोजगारी र बसाइँसराइका कारण गाउँ छाडेकाले गर्दा गाउँमा करिब २५ प्रतिशत जति मानिस मात्रै रहने गरेको पञ्चेश्वर–२ का स्थानीय मदन चन्दले बताए। ‘नवरात्रि, दसैँ र जात्राका बेला गाउँघरमा शतप्रतिशत मानिस फर्किएका छन्,’ उनले भने, ‘नवरात्रि, दसैँ र जात्रा सकिएपछि चहलपहल भएका गाउँघर फेरि सुनसान बन्छन्।’

यो समयमा लामो समयदेखि भेटघाट हुन नपाएका आफन्तसमेत एकै ठाउँमा भेला हुने गरेका छन्। दसैँ र जात्राले परिवारका सदस्य, आफन्त तथा छिमेकीबीच भेटघाट र पुनर्मिलनको अवसरसमेत जुटाउने गरेको छ।

नवरात्रि, दसैँ र जात्राका लागि गाउँ फर्किएकाहरूले पुराना तथा जीर्ण घरको मर्मतसम्भार र लिपपोत गरेर चिटिक्क पार्ने गरेका छन्। दसैँ बेला गाउँका पुराना घरलाई रातो माटो र कमेरोले लिपपोत गर्ने परम्परा अझै कायम छ। पुरुषहरू खेतबारीको खनजोतमा व्यस्त हुँदा महिलाहरू घर लिपपोत तथा सरसफाइमा जुट्ने गरेका छन्। यसले गाउँघरमा दसैँको रौनक थपिएको छ।

गाउँ फर्किनेको संख्या बढेसँगै स्थानीय बजारमा पनि किनमेल बढेको छ। दसैँ र जात्राका लागि खाद्यान्न, लत्ताकपडा, पूजासामग्रीलगायत दैनिक उपभोग्य वस्तु खरिद गर्ने ग्राहकको चहलपहल बढेको स्थानीय व्यापारी राजु तिर्वाले बताए।

रोजगारीका लागि भारतको मुम्बईमा रहेका दशरथचन्द नगरपालिका–४ का हरिष ठगुन्ना तीन वर्षपछि नवरात्रि र दसैँको पूजामा सहभागी हुन गाउँ फर्किएका छन्। लामो समयपछि गाउँ फर्किंदा आफन्तसँग भेटघाट गर्न पाउँदा खुसी लागेको उनले बताए। ‘यो अवसरमा गाउँघरमा आफन्तसँग पनि भेटघाट हुन्छ,’ उनले भने, ‘नवरात्रि र दसैँ सकिएपछि पुरानै कर्मथलो फर्किनुपर्छ।’

नवरात्रि, दसैँ र जात्रा सकिएपछि रोजगारी तथा बसाइँसराइका कारण बाहिरिएकाहरू पुनः आफ्नो कर्मथलो फर्किने गर्छन्। उनीहरू फर्किएसँगै अहिले चहलपहल बढेका गाउँघर फेरि सुनसान बन्ने गरेको स्थानीय बताउँछन्।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
छठ नजिकिएसँगै बजारमा पूजासामग्री किन्नेको चहलपहल (फोटोफिचर)

छठ नजिकिएसँगै बजारमा पूजासामग्री किन्नेको चहलपहल (फोटोफिचर)

दसैँ र तिहार सकिएसँगै छठ पर्वको रौनक बढेको छ । छठ नजिकिएसँगै काठमाडौँको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा पूजासामग्री तथा फलफूल खरिद गर्नेको चहलपहल बढेको छ । बजारमा छठ पूजाका लागि आवश्यक केरा,...

#चहलपहल #बढे
Compare →
Bizshala
1d ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#चहलपहल #गाउँ
Compare →
Onlinekhabar
48m ago
ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

२८ कात्तिक, रुकुम पश्चिम (गोतामकोट) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२, ३, ४ र ५ मा पर्ने गोतामकोट र खदीगाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएका छन् । भेरी नदीको माथिल्लो भेगमा रहेका यी गाउँ …

#गाउँ
Compare →
Nagarik News
4h ago
इन्जिनियर बनेर गाउँमै सुन्दर घर बनाएर आमालाई राख्ने बिकेशको सपना चिसापानीमै बिलायो

इन्जिनियर बनेर गाउँमै सुन्दर घर बनाएर आमालाई राख्ने बिकेशको सपना चिसापानीमै बिलायो

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरमा अहिले एउटा परिवारको मात्र होइन, सिंगो गाउँको सपना र खुसी लुटिएको छ।

#गाउँ
Compare →
Arthasansar
3d ago
रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ...

#चहलपहल
Compare →

Related Stories

Technology
Build #2612