दसैँ र तिहार सकिएसँगै छठ पर्वको रौनक बढेको छ । छठ नजिकिएसँगै काठमाडौँको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा पूजासामग्री तथा फलफूल खरिद गर्नेको चहलपहल बढेको छ ।
बजारमा छठ पूजाका लागि आवश्यक केरा, नरिवल, स्याउ, सुन्तला, उखु, सखरखण्ड, मुला, अदुवा र बेसारलगायत फलफूल तथा कन्दमूलको किनमेल भइरहेको छ । त्यस्तै, बाँसबाट बनेका सुप, नाङ्लो, डालो र टोकरीका साथै माटोका हात्ती, दियो, अगरबत्ती र धूपलगायत पूजासामग्रीको मागसमेत बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )