Trending
Prev Story
Next Story

एनपीएलकी ग्ल्यामरस होस्ट, सामाजिक सञ्जालभरि चर्चा

Onlinekhabar •
November 01, 2026 • 01:01 PM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) को चर्चा त यसै हुने भयो, उसै हुने भयो । तर, क्रिकेटको त्यो उत्सवमा अरुपनि विषयले चर्चा पाउने गर्छन्। जस्तो कि, होस्ट यशा सागर । उनी को हुन् ? इन्स्टाग्राममा उनलाई पछ्याउनेहरूका …

एनपीएलकी ग्ल्यामरस होस्ट, सामाजिक सञ्जालभरि चर्चा

नेपाल प्रिमियर लिग (एनपीएल) को चर्चा त यसै हुने भयो, उसै हुने भयो । तर, क्रिकेटको त्यो उत्सवमा अरुपनि विषयले चर्चा पाउने गर्छन्। जस्तो कि, होस्ट यशा सागर ।

उनी को हुन् ? इन्स्टाग्राममा उनलाई पछ्याउनेहरूका लागि यसको जवाफ खोजिरहनु पर्दैन । कहिले क्रिकेट मैदानमा त कहिले जिममा बिताएका क्षणहरू उनी इन्स्टाग्राममा सेयर गरिरहेकी हुन्छिन् । जहाँ भए पनि, जे गरे पनि उनी ग्ल्यामरस देखिन्छिन् । उनका तस्बिर र भिडियो हेर्दा क्रिकेट प्रस्तोता वा फिटनेस इन्फ्लुएन्सरभन्दा बढी मोडलको झल्को आउँछ ।

मोडलको झल्को आउनुमा खासै अनौठो पनि भएन । किनभने येशाको करियरको जग नै मोडलिङबाट सुरु भएको पाइन्छ । उनी भारतीय मूलकी क्यानेडियन मोडल, अभिनेत्री तथा टेलिभिजन प्रस्तोता हुन् । भारतको पञ्जाबस्थित लुधियानामा जन्मिएकी उनी स्नातक तहको अध्ययन पूरा गरेपछि सन् २०१५ मा क्यानडा पुगेकी थिइन् । त्यसपछि उनले क्यानडामा आफ्नो अध्ययनसँगै मोडलिङ तथा अभिनय यात्रालाई अघि बढाइन् ।

यद्यपि, क्रिकेट दर्शकमाझ उनको चर्चा भने क्रिकेट मैदानबाटै सुरु भएको हो । जब उनी क्रिकेट प्रतियोगितामा प्रस्तोताका रूपमा देखा परिन् र क्रिकेटरसँग अन्तर्वार्ता लिन थालिन्, धेरैको ध्यान उनीतर्फ खिचियो। उनको प्रस्तुति र पहिरन शैलीले पनि दर्शकको ध्यान तान्यो ।

यसको सिलसिला सन् २०२३ को ग्लोबल टी–२० क्यानडाबाट सुरु भएको थियो । उक्त प्रतियोगितामा उनी टेलिभिजन प्रस्तोताका रूपमा उपस्थित थिइन् । क्रिकेट विश्वमा लोकप्रिय मानिएको ग्लोबल टी–२० ले दर्शकको ध्यान खिचिरहँदा त्यसको एउटा आकर्षण थिइन्, येशा सागर ।

प्रतियोगितामा प्रस्तोताका रूपमा काम गरेकी येशाले आफ्नो व्यक्तित्व र प्रस्तुतिका कारण धेरैको ध्यान खिचिन् । उनी प्रतियोगिताका क्रममा क्रिकेटरसँग अन्तर्वार्ता लिने, खेलअघिका कार्यक्रम सञ्चालन गर्ने तथा खेलपछि खेलाडीहरूसँग कुराकानी गर्ने गर्थिन् । यही क्रममा उनका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भए ।

त्यसो त क्रिकेट मैदानमा प्रवेश गर्नुअघि नै उनले मोडलिङको दुनियाँमा पाइला राखिसकेकी थिइन् । विशेषगरी पञ्जाबी संगीत क्षेत्रमा उनले आफ्नो उपस्थिति बनाएकी हुन् । उनले परमिश वर्मा, गुड्ड सिद्धु, आरश बेनिपाल, गिप्पी ग्रेवाल, कुलबिर झिन्जर र प्रेम ढिल्लोनजस्ता कलाकारका गीतमा अभिनय गरेकी छन् ।

परमिश वर्माको गीत ‘चिर्री उड काआ उड’ को म्युजिक भिडियोमा उनको अभिनयले विशेष चर्चा पाएको थियो ।

आकर्षक व्यक्तित्व र क्यामेरासामु सहज रूपमा प्रस्तुत हुन सक्ने क्षमताका कारण उनले मोडलिङ क्षेत्रमा अवसर पाउन थालिन् । विभिन्न फोटोसुट, विज्ञापन तथा मनोरञ्जनसम्बन्धी गतिविधिमा सहभागी हुँदै उनले आफ्नो पहिचान विस्तार गरिन् । सन् २०१७ देखि पञ्जाबी संगीत क्षेत्रमा सक्रिय उनको अभिनय यात्रा म्युजिक भिडियो हुँदै फिल्मसम्म पनि पुगेको छ ।

मोडलिङ र अभिनयसँगै येशा फिटनेस इन्फ्लुएन्सरका रूपमा पनि परिचित छिन् । उनले म्याग्नम न्युट्रास्युटिकल्स, प्रेसिजन न्युट्रिसन र रिभाइभ सुपरफुड्सजस्ता ब्रान्डसँग सहकार्य गरेकी छन् ।

उनका पोस्टमा जिममा व्यायाम गरिरहेका तस्बिरदेखि विभिन्न पहिरनमा खिचिएका फोटोसुटसम्म देख्न सकिन्छ। फिटनेस र मोडलिङलाई सँगसँगै अघि बढाइरहेकी येशाले सामाजिक सञ्जाललाई आफ्नो व्यावसायिक पहिचान विस्तार गर्ने माध्यमसमेत बनाएकी छन् ।

केही समयअघि सार्वजनिक गरेको एउटा पोस्टमा उनी सेतो म्याक्सी ड्रेसमा सूर्यमुखी फूलले भरिएको खेतमा पोज दिइरहेकी देखिएकी थिइन् । खुला कपाल र सामान्य मेकअपमा सजिएकी उनले उक्त तस्बिरसँगै जीवनलाई सहज रूपमा स्वीकार गर्नुपर्ने सन्देश पनि दिएकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘सबै कुरा जस्तो छ, ठीक छ । केही थप्नु वा घटाउनु आवश्यक छैन । बस्नुहोस्, उभिनुहोस्, हिँड्नुहोस्, पिउनुहोस्, खानुहोस् र सुत्नुहोस् । हावा चल्छ, मेघ गर्जिन्छ र वर्षा हुन्छ । जीवनलाई जसरी छ, त्यसरी नै चल्न दिनुहोस् ।’

येशा सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । आफ्ना व्यावसायिक गतिविधि, फोटोसुट, भ्रमण तथा दैनिक जीवनसँग सम्बन्धित तस्बिर र भिडियो सार्वजनिक गर्दै आएकी छन् । उनका पोस्टमा आकर्षक पहिरन, प्राकृतिक दृश्य र विभिन्न शैलीका फोटोसुट देख्न सकिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
16h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Nagarik News
6h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
17h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
21h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

World News
Build #2612