Trending
Prev Story
Next Story

धनु ५ कात्तिक २०८३, बिहीबार

Onlinekhabar •
October 22, 2026 • 12:36:51 PM
3
3 reads 0 reactions

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

धनु ५ कात्तिक २०८३, बिहीबार

आज नजिकका मित्रसँग भेटघाट हुनेछ । चतुरतापूर्ण बोली र व्यवहारले आँटेका काम सफल हुन सक्छन् । लाभदायक यात्राको योग छ । इच्छित कार्य पूरा हुनुका साथै मङ्गलमय कामको अवसर मिल्नेछ । वाहन लाभको सम्भावना पनि छ । भगवान् श्रीकृष्णप्रति श्रद्धा राख्दै आफ्नो कर्ममा निरन्तर लाग्नुहोला ।

कार्तिक महिनामा न्यायिक तथा कानुनी कार्यमा सफलता प्राप्त हुने योग रहेको छ । पारिवारिक जमघटले मन प्रसन्न बनाउनेछ । स्थिरता, धैर्यता र एकाग्रताका साथ कार्य गर्दा विशेष लाभ मिल्नेछ । महिनाको मध्यपछि पारिवारिक स्वास्थ्यमा समस्या आउनसक्ने भएकाले औषधोपचारमा खर्च बढ्न सक्छ । ऋण तथा स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नसक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला । प्रतिद्वन्द्वीहरूको संख्या बढ्नसक्ने समय भएकाले कार्यमा सजगता अपनाउनु आवश्यक छ । कुनै शुभकार्य गर्नुअघि हनुमानजीको स्मरण गरी कार्य आरम्भ गर्नाले सफलता प्राप्त हुनेछ ।

२०८२ साल धनु राशि भएका व्यक्तिहरूलाई सामान्य नै रहनेछ । बृहस्पतिको सकारात्मक प्रभावले राम्रो फल दिनेछ । अढैया शनिको कारण भने झुटा आरोप, वादविवाद, डर र चिन्ता बढ्न सक्छ, स्वास्थ्य प्रतिकूल रहनसक्छ तर जन्म कुण्डलीमा शनिग्रह राम्रो पोजिसन रहेमा शुभ फल पाइनेछ ।

अन्य ग्रहहरूले भने आफ्नो कर्म अनुसार फल दिनेछन् । यो वर्ष धनु राशिका जातकहरूलाई नोकरी तथा सामाजीक कामबाट लाभ मिल्नेछ । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ । यदि जन्म कुण्डलीमा शनि ग्रह स्वगृही, उच्च, मित्रगृही छ भने शनिको कृपाले निर्माण, धातु, मेसिनरी, इलेक्ट्रोनिक र टेक्नोलोजी क्षेत्रबाट शुभ फल मिल्नेछ ।

प्रेम र मित्रताको बन्धनमा दूरी बढ्न सक्छ, साथै पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउने र आफन्त पनि टाढिन सक्छन् । अन्य सम्बन्ध सामान्य रहनेछ । अध्ययन र अध्यापनमा रूचि बढ्ने र सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । विदेशिएका विद्यार्थीहरूले भने स्वदेश भन्दा बढी सफलता हासिल गर्नेछन् ।

आर्किटेक्चर, विज्ञान र स्वास्थ्य क्षेत्रका शिक्षार्थीहरूलाई बढी सफलता मिल्नेछ । नयाँ रोजगार पाइने र ठाउँ परिवर्तनको योग रहेको छ । सरकारी पद र ठूला सङ्घ संस्थामा आवद्ध पनि हुन सकिनेछ । वादविवादमा भने नपरेकै जति हुनेछ, अन्यथा दुख पाइने र अपजस खेप्नु पर्ला ।

आफ्नो पेशाबाट राम्रो फाइदा मिल्नेछ तर, विपक्षी भने बढ्न सक्नेछन् । मानसिक चिन्ता, रक्त विकार र शीर्ष पीडाको भय पनि उत्तिकै रहनेछ । ग्यास्टिकको समस्या बढ्न सक्छ त्यसैले खानपिनमा विशेष ध्यान दिनु र व्यायाम गर्नु हितकर हुनेछ ।

मंसिर महिनाबाट स्वास्थ्यमा धननाश पनि हुन सक्छ । मङ्गलबार विघ्नहर्ता गणेशजी र शनिवार हनुमानजीको व्रत, दर्शन तथा पूजा गर्ने, गरिब तथा अपाङ्गहरूलाई सहयोग गर्ने साथै शनि ग्रहको शान्ति, जप, पाठ, पूजा र हवन आदि गराउनाले ग्रह पीडा कम भई अधिक सफलता मिल्नेछ । सत्कर्म गर्नेहरूलाई नवग्रहको कृपा सदैव रहिरहन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
2d ago
आजको पञ्चाङ्ग र पात्रो: २६ कात्तिक २०८३, बिहीबार

आजको पञ्चाङ्ग र पात्रो: २६ कात्तिक २०८३, बिहीबार

आज तृतीया तिथि, ज्येष्ठा नक्षत्र र सुकर्मा योग रहेको पञ्चाङ्गको विवरण।

#कात्तिक #२०८३ #बिहीबार
Compare →
Hamro Patro News
2d ago
कार्तिक २६ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

कार्तिक २६ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

मेष : तपाईंका लागि शुरुमा स्वास्थ्य समस्या, हानि भए पनि मध्याह्नदेखि लाभ, सम्मान होला । वृष : धन लाभ, जीवनसाथीबाट सहयोग हुने देखिन्छ तर दिउँसोदेखि रोग, कार्य बाधा हुन सक्छ । मिथुन : दिन शुभ फलदाय...

#लाभ #बिहीबार
Compare →

Related Stories

Business & Economy
Build #2612