Trending
Prev Story
Next Story

दुर्लभ गुलाबी डल्फिनले खिच्यो सबैको ध्यान, के भन्छन् विज्ञ ?

Nagarik News •
October 22, 2026 • 09:21 AM
2
2 reads 0 reactions

विज्ञहरूका अनुसार यी डल्फिन इन्डो-प्यासिफिक हम्पब्याक वा रिसो प्रजातिका हुन सक्छन्। यद्यपि, तिनको प्रजाति र गुलाबी रंग देखिनुको वास्तविक कारण पुष्टि भइसकेको छैन।

दुर्लभ गुलाबी डल्फिनले खिच्यो सबैको ध्यान, के भन्छन् विज्ञ ?

ओमानको राजधानी मस्कट नजिकैको क्वान्टाब समुद्र तटमा दुर्लभ गुलाबी रंगका डल्फिन देखिएका छन्।

गत साता खिचिएका भिडियोमा डल्फिनहरू अन्य डल्फिनसँगै समुद्रको सतहमा पौडिरहेको देखिन्छ। यो दृश्यले समुद्री जीवप्रति चासो राख्नेहरूको ध्यान खिचेको छ।

विज्ञहरूका अनुसार यी डल्फिन इन्डो-प्यासिफिक हम्पब्याक वा रिसो प्रजातिका हुन सक्छन्। यद्यपि, तिनको प्रजाति र गुलाबी रंग देखिनुको वास्तविक कारण पुष्टि भइसकेको छैन।

केही डल्फिनमा गुलाबी रंग प्राकृतिक रूपमा देखिन्छ भने केहीमा शरीरमा रङ उत्पादन गर्ने तत्वको कमीका कारण यस्तो देखिन सक्छ।

अमेजन नदीमा पाइने बोटो डल्फिन प्राकृतिक रूपमा गुलाबी रंगका हुन्छन्। त्यस्तै, इन्डो-प्यासिफिक हम्पब्याक डल्फिन जन्मँदा खैरो हुन्छन् र उमेर बढ्दै जाँदा फिक्का गुलाबी वा सेतो देखिन सक्छन्। शरीरको सतह नजिकका रक्तनलीका कारण पनि तिनको छाला गुलाबी देखिन सक्छ।

बोतलनोज डल्फिनलगायत अन्य प्रजातिमा भने अल्बिनिज्म वा ल्युसिज्मका कारण छालाको रङ असामान्य रूपमा फिक्का हुन सक्छ। त्यसैले वैज्ञानिक पुष्टि नभएसम्म ओमानमा देखिएका डल्फिनको प्रजाति निश्चित गर्न नसकिने विज्ञहरूको भनाइ छ।

ओमानको अरब सागर र ओमानको खाडी क्षेत्रमा विभिन्न प्रजातिका डल्फिन र अन्य समुद्री जीव पाइन्छन्। विज्ञहरूले यस्ता दुर्लभ दृश्यको अध्ययन गर्न स्थानीय वन्यजन्तु अधिकारीलाई जानकारी दिन सुझाव दिएका छन्।

उनीहरूले डल्फिनबाट कम्तीमा ५० मिटर टाढा रहन, तिनलाई पछ्याउन वा छुन नखोज्न र खाना नदिन आग्रह गरेका छन्।

प्रकाशित: ५ कार्तिक २०८३ १५:०६ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2w ago
इरानपछि क्युबामा ध्यान दिने ट्रम्पको सङ्केत, सीआईएसँग गुप्त साझेदारीको आह्वान

इरानपछि क्युबामा ध्यान दिने ट्रम्पको सङ्केत, सीआईएसँग गुप्त साझेदारीको आह्वान

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषय सुल्झाएपछि अमेरिकाले क्युबाको मामिलामा ध्यान केन्द्रित गर्ने बताएका छन् । उनले क्युबासँग सम्झौता अघि बढाउन अमेरिकी विदेशमन्त्री मार्को रुब...

#ध्यान
Compare →
Ekantipur
4d ago
सोमपाल दुर्लभ आउट

सोमपाल दुर्लभ आउट

कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग क्रिकेटमा दुर्लभ आउट भएका छन् । उनलाई सोमबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट दिइएको थियो ।

#दुर्लभ
Compare →

Related Stories

National (Nepal)
Build #2612