Trending
Prev Story
Next Story

न्याय क्षेत्रको विवाद निरुपणको प्रक्रिया संसद्‌बाटै अघि बढाउन संसदीय दललाई रास्वपाको निर्देशन

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि संसदीय दललाई निर्देशन दिएको छ । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले बाहिर आएका विषयबारे …

न्याय क्षेत्रको विवाद निरुपणको प्रक्रिया संसद्‌बाटै अघि बढाउन संसदीय दललाई रास्वपाको निर्देशन

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि संसदीय दललाई निर्देशन दिएको छ ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले बाहिर आएका विषयबारे संसद्मार्फत प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार, संसदीय समितिलाई प्रक्रिया अघि बढाउन पनि निर्देशन दिइएको छ ।

‘यदि हामीले समग्र न्याय क्षेत्रकै पुनर्संरचना गर्ने हो भने अब यसका लागि संवैधानिक बाटो भनेको संसद् नै हो । संसद्मार्फत यसको प्रक्रिया अघि बढाइनुपर्छ,’ खरेलले भने, ‘त्यो प्रक्रिया अघि बढाउनका लागि रास्वपाको आजको सचिवालय बैठकले संसदीय दललाई समेत निर्देशन दिइसकेको छ ।’

महाभियोग जान्छ, छानबिन मात्रै हुन्छ वा के हुन्छ भन्ने विषय संसदीय समितिकै रहेको उनको भनाइ छ ।

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
21h ago
घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ ।

#न्याय #रास्वपा
Compare →
Hamro Patro News
24m ago
पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारवाही गरिने अध्यक्ष ओलीको चेतावनी

पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारवाही गरिने अध्यक्ष ओलीको चेतावनी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारवाही गरिने बताउनुभएको छ । एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण...

#दललाई
Compare →
Nagarik News
9h ago
खिम्ती-ठोसे-शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

खिम्ती-ठोसे-शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

उनले आयोजना अघि बढाउन मन्त्रालयबाट आवश्यक पहल र सहजीकरण गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।

#बढाउन
Compare →

Related Stories

Politics & Governance
Build #2612