Trending
Prev Story
Next Story

विभिन्न जिल्लाबाट लागूऔषधसहित १३ जना पक्राउ

Nagarik News •
October 31, 2026 • 11:31 AM
3
3 reads 0 reactions

देशका विभिन्न जिल्लाबाट ठूलो परिमाणको अवैध लागूऔषध ब्राउनसुगर तथा नियन्त्रित फर्मास्युटिकल औषधिसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विभिन्न जिल्लाबाट लागूऔषधसहित १३ जना पक्राउ

देशका विभिन्न जिल्लाबाट ठूलो परिमाणको अवैध लागूऔषध ब्राउनसुगर तथा नियन्त्रित फर्मास्युटिकल औषधिसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं, झापा, पर्सा, कैलाली, लमजुङ, सुनसरी र बर्दियाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट करिब ४ ग्राम २५० मिलिग्राम ब्राउनसुगर र २० हजार २०० रूपैयाँ नगदसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भई माकलबारी बस्ने ३९ वर्षीय छिरीङ शेर्पालाई प्रहरी वृत्त बौद्धले शुक्रबार राति पक्राउ गरेको छ।

त्यस्तै, महानगरपालिका-३२ जडिबुटीबाट करिब ६ ग्राम ७४० मिलिग्राम ब्राउनसुगरसहित सप्तरी खडक नगरपालिका-१ घर भई इमाडोल बस्ने २३ वर्षीय गौतम चौधरीसहित दुई जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो।

झापा गाउँपालिका-५ खयरबारीबाट १ ग्राम ९५ मिलिग्राम ब्राउनसुगरसहित बाह्रदशी गाउँपालिकाका २४ वर्षीय खड्ग राजवंशी र २५ वर्षीय चैतन हेमरमलाई प्रहरी चौकी शरणामतिले पक्राउ गरेको छ।

उता पर्साको वीरगंज-१६ बसपार्कबाट डाईजेपाम २७ एम्पुल, फेनारगन २९ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुलसहित धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भएका २० वर्षीय निमा लामा शेर्पा पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलको कोठा नम्बर १०४ बाट १२७ मिलिग्राम ब्राउनसुगरसहित डोटी जोरायलका २५ वर्षीय अमर बहादुर कुँवर पक्राउ परेका छन्।

यसैगरी भजनी नगरपालिका-३ कुसुमघाटबाट १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर र लु.प्र.०१-०१५ प ४७८९ नम्बरको मोटरसाइकलसहित टीकापुरका २२ वर्षीय रोशन सार्कीसहित दुई जनालाई प्रहरी चौकी जनकपुरले नियन्त्रणमा लिएको छ।

लमजुङको बेसीशहर-१ देउरालीडाँडाबाट ग.१० प ९९६९ नम्बरको स्कुटरमा सवार ३० वर्षीय सुजन तामाङलाई डाईजेपाम, बुप्रेनोर्फिन र फेनारगन १०/१० एम्पुलसहित इलाका प्रहरी कार्यालय भोटेओडारले पक्राउ गरेको छ।

सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट २ ग्राम १७० मिलिग्राम ब्राउनसुगरसहित दुहवीका ३४ वर्षीय दिपक परियार र उदयपुर बेलकाका ३२ वर्षीय बल बहादुर थापा पक्राउ परेका छन्।

यस्तै, बर्दियाको बढैयाताल-७ कर्णाली पुलबाट २ ग्राम ७१० मिलिग्राम ब्राउनसुगरसहित बाँके कोहलपुरका २१ वर्षीय सुशिल परियारलाई प्रहरी चौकी कालिकाले शनिबार दिउँसो नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०८३ १७:१६ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3w ago
लागू औषधसहित विभिन्न जिल्लाबाट नौ जना पक्राउ

लागू औषधसहित विभिन्न जिल्लाबाट नौ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषध सहित नौ जनालाई पक्राउ गरेको छ । कैलाली, नवलपरासी पश्चिम, मोरङ, कञ्चनपुर, सुनसरी, पर्सा र चितवनबाट उनीहरूलाई पक्राउ गरिएको हो । कैलालीको भजन...

#अवैध #लागूऔषध #जिल्लाबाट
Compare →
Onlinekhabar
23h ago
लागूऔषध सहित दुई जना पक्राउ

लागूऔषध सहित दुई जना पक्राउ

२७ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित भारतीय नागरिक २५ वर्षीय सुबोध कुमारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले थाई …

#अवैध #लागूऔषध
Compare →

Related Stories

National (Nepal)
Build #2612