Trending
Prev Story
Next Story

अर्णव चक्रवातको प्रभावले देशभर वर्षा र हिमपात

Ekantipur •
October 31, 2026 • 05:02 AM
2
2 reads 0 reactions

अर्णव चक्रवातको प्रभावले देशभर वर्षा र हिमपात भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपालनजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ ।शुक्रबार बिहानैदेखिको निरन्तर वर्षाका कारण जनजीवन प्रभावित भइरहेको छ भने कतै पहिरो पनि गएको छ ।देशभरको निरन्तर अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोस् ।

अर्णव चक्रवातको प्रभावले देशभर वर्षा र हिमपात

अर्णव चक्रवातको प्रभावले देशभर वर्षा र हिमपात भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपालनजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ ।शुक्रबार बिहानैदेखिको निरन्तर वर्षाका कारण जनजीवन प्रभावित भइरहेको छ भने कतै पहिरो पनि गएको छ ।देशभरको निरन्तर अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोस् ।

लार्के सडकअन्तर्गत धार्चे–३ खोर्लाबेँसीको अस्थायी डाइभर्सन बुढीगण्डकीको बाढीले बगाएको छ ।

बुढीगण्डकीको बाढीले क्षति पुर्‍याएको खोर्लाबेँसी–लुस्याङमा अस्थायी डाइभर्सन बनाएर सडक खुलाइएको थियो। शुक्रबार रातिदेखि परेको वर्षापछि बढेको बुढीगण्डकीले बाटो बगाएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए । झन्डै २० मिटर सडक बगाएको र मान्छे हिँड्न पनि नमिल्ने बनेको उनको भनाइ छ ।

असोज २५ को बुढीगण्डकी बाढीले क्षतिग्रस्त बनाएको बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत खोर्लाबेँसी–लुस्याङ खण्डमा अस्थायी डाइभर्सन गरेर सडक सञ्चालन गरिएको थियो ।

खोर्लाबेँसीमा बुढीगण्डकीले सडक कटान गर्दा धार्चे गाउँपालिकाका ३ वटा वडा र चुमनुब्री सडक सम्पर्कबाट फेरि विच्छेद भएका छन् । खोर्लाबेँसीमा सडक कटान भएको क्षेत्रमा ढुंगा, गिट्टी थुपारेर अस्थायी रूपमा सडक निर्माण गरिएको थियो। अस्थायी सडक निर्माण गरेको कुनातर्फबाट अहिले नदी बगेको उनले बताए ।

काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा रहेको ढुंगाखानीले थुपारेको वेस्टेज (खानीजन्य फोहोर तथा गेग्रान) वर्षासँगै बगेर बस्तीमा पस्दा घर तथा गोठमा क्षति पुगेको छ ।

गेग्रानसहितको लेदो बस्तीमा पस्दा एउटा घर पुरिएको छ भने एउटा गोठ भत्किएको छ । अन्य दुई घरमा भल पस्दा घरभित्र र बाहिर राखिएका सामान बगाएको छ ।

प्रहरी चौकी खोपासीका असई सीताराम खत्रीका अनुसार स्थानीय शेरबहादुर तामाङको ढुंगा–माटोले बनेको, जस्तापाताको छाना भएको एकतले घर गेग्रानले पुरिएको छ । घरको छानासम्मै गेग्रान थुप्रिएको उनले बताए । उनकै अर्को तीनतले घरमा भल पस्दा घरभित्र र बाहिर राखिएका सामान बगाएको छ ।

त्यस्तै, स्थानीय हर्कबहादुर तामाङको गोठ भत्किएको छ। उनको तीनतले घरको तल्लो तलामा भल पस्दा घरभित्र राखिएका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबाट दुई परिवार प्रभावित भएका छन् । घरमा रहेका परिवारका सदस्यहरू बिहानै आफन्तको घरमा सरेका थिए। घटनामा मानवीय तथा चौपाया क्षति भने भएको छैन ।

लगातारको वर्षाका कारण संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडकमाथिबाट लेदो र पहिरो खस्दा यातायात प्रभावित भएको छ ।

राजमार्गको कृष्णभीर, गजुरी नजिकैको चालिसे तथा खटौती खोला नजिकै पानीसँगै लेदो र साना–साना पहिरो झर्दा सडक एकतर्फी बनेको छ ।

विशेष गरी मलेखु नजिकैको परेवा भीर खण्डमा भने जोखिम अत्यन्तै उच्च देखिएको छ । सो क्षेत्रमा माथिबाट निरन्तर पहिरो झरिरहेको र तलबाट नदीले समेत कटान गरिरहेकाले सवारी सञ्चालनमा उच्च जोखिम देखिएको सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङका प्रमुख तुला चौधरीले बताए । हाल सो क्षेत्रमा सुरक्षाकर्मीको समन्वयमा सवारीसाधन सञ्चालन भइरहेको छ ।

बाटोमा खसेको लेदो र पहिरो पन्छाएर यातायात सुचारु गराउन निर्माणाधीन सडक आयोजनाका डोजरहरू निरन्तर परिचालन गरिएको छ। पहिरो झर्नेबित्तिकै पन्छाउने काम भइरहेको भए पनि निरन्तरको वर्षा र पहिरोका कारण सडक पूर्ण रूपमा सुचारु गर्न चुनौती थपिएको छ। जोखिमयुक्त सडक खण्डमा यात्रा गर्दा चालक तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
20h ago
आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना ५ मिनेट अघि काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आगामी आइतबार (कात्तिक २९) देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा मौ...

#वर्षा #हिमपात
Compare →
Onlinekhabar
3d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#वर्षा #हिमपात
Compare →
Nagarik News
3h ago
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#वर्षा #स्थान
Compare →
Bizshala
15h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #हिमपात
Compare →
Arthasansar
3d ago
पश्चिमी वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली छ भने बाँकी...

#वर्षा #हिमपात
Compare →

Related Stories

Technology
Build #2612