Trending
Prev Story
Next Story

पुस्तक संसार : यो साता बजारमा आएका दसैं कोसेली

Ekantipur •
October 17, 2026 • 04:33 PM
2
2 reads 0 reactions

दसैंको चटारोमा कतिपयको योजना हुन्छ- किताब पढ्ने । फेरि कतिपय भन्छन्- दसैं त खानेपिउने रमाउने पो हो त, दसैंमा पनि पढ्छ कोही ! तर पढन्ताहरू भने किताबको सूची नै बनाएर बसेका हुन्छन् ।

पुस्तक संसार : यो साता बजारमा आएका दसैं कोसेली

दसैंको चटारोमा कतिपयको योजना हुन्छ- किताब पढ्ने । फेरि कतिपय भन्छन्- दसैं त खानेपिउने रमाउने पो हो त, दसैंमा पनि पढ्छ कोही ! तर पढन्ताहरू भने किताबको सूची नै बनाएर बसेका हुन्छन् ।

काठमाडौँ — दसैंले छपक्कै छोपिसकेको छ । दसैंको चटारोमा कतिपयको योजना हुन्छ- किताब पढ्ने । फेरि कतिपय भन्छन्- दसैं त खानेपिउने रमाउने पो हो त, दसैंमा पनि पढ्छ कोही ! तर पढन्ताहरू भने किताबको सूची नै बनाएर बसेका हुन्छन् ।

नेपाली पुस्तक बजारमा यो साता नयाँ पुस्तकहरू आएका छन् । हाम्रो जानकारीमा आएका केही पुस्तकको संक्षेपमा जानकारी प्रस्तुत छ :

अस्मिता विष्टको निबन्धसंग्रह ‘समयशालामा नृत्यमग्न आकृति’ यसै साता सार्वजनिक भयो । यो उनको पहिलो निबन्धकृति हो । असोज २७ गते महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आयोजित कार्यक्रममा लोकार्पित संग्रहमा १७ निबन्ध छन् ।

पछिल्लो एक दशकमा लेखिएका निबन्ध समेटिएको संग्रहमा मानवीय भावना, आत्मचिन्तन र जीवनका विविध अनुभूतिको संयोजन पाइन्छ । विचारको गहिराइ, अनुभूतिको कोमलता र जीवनलाई हेर्ने मौलिक दृष्टिकोण यस कृतिका विशेषता हुन् । पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो । यसअघि विष्टको कविताकृति ‘बल्याकहोलमा गीतहरू’ प्रकाशन भएको थियो ।

नृपेश उप्रेतीको गजलसङ्ग्रह 'आगो रहर'को पाठकमाझ आएको छ । उनका गजल सरल, गम्भीर र गायनमैत्री छन् । यसअघि उनको ‘मुसाफिर’ गजल सङ्ग्रह प्रकाशित भइसकेको छ । संग्रह इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

पत्रकार तथा लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ पनि बजारमा आएको छ । जातीय संरचनाको सबैभन्दा पिँधमा रहेर दैनिक जीवनका अप्ठ्यारासँग जुधिरहेको ‘मगनी मरिक’ उपन्यासको केन्द्रमा छन् । उपन्यासले मधेशको सीमान्तकृत समुदायको वास्तविक विडम्बना र राजनीतिक व्यवस्थामाथिको गम्भीर प्रश्न उठाएको छ । फाइन प्रिन्टले यो उपन्यास प्रकाशन गरेको हो ।

स्वर्गीय नेता प्रदीप गिरिको जीवनका विविध आयाम समेटिएको पुस्तक यसै साता आएको छ । 'प्रदीप गिरि : उहाँकै शब्दमा' नाम रहेको पुस्तकका लेखक प्राडा राजेश गौतम हुन् । गौतमले रेकर्ड गरेर पुस्तक तयार पारेका हुन् । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो ।

यज्ञराज जोशीको पहिलो कथासंग्रह ‘बैसाखी’ बजारमा आएको छ । उपन्यासमा सुदूरपश्चिमको मौलिक परिवेश, संघर्षशील भुइँमान्छेका कथा र नारीवादी मनोविज्ञान छ । उपन्यासकारले यसमा काव्यात्मक शैली अपनाएका छन् ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ कलाकार शारदा चित्रकारद्वारा लिखित कला विषयक पुस्तक ‘समय चक्र’ नि यसैसाता आएको छ । ८६ वर्षीया चित्रकार अझै पनि कला साधना र सिर्जनामा उत्तिकै सक्रिय छिन् । पुस्तकमा उनले आफ्ना कलाकृतिको सचित्र वर्णन प्रस्तुत गरेकी छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक धार्मिक आस्था, परम्परा र सामाजिक सद्भावसँग जोडिएका यी जात्रा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत बन्ने गरेका छन् । कार्तिक २८, २०८३ तर्क...

#दसैँ
Compare →
Onlinekhabar
2h ago
मोहन गोले तामाङका दुई पुस्तक विमोचित

मोहन गोले तामाङका दुई पुस्तक विमोचित

२८ कात्तिक, काठमाडौं । मोहन गोले तामाङका दुई पुस्तक एकैसाथ विमोचन गरिएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमका बीच आदिवासी जनजाति आन्दोलनका अभियन्ता तथा लेखक तामाङको ‘तामाङ संस्कार संस्कृति’ र ‘तामाङ राष्ट्रको राजनीति’ पुस्तक संयुक्त रूपमा …

#पुस्तक
Compare →
Bizshala
4d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#दसैँ
Compare →
The Kathmandu Post
1w ago
Nepse retreats as profit-taking slows post-Dashain rally

Nepse retreats as profit-taking slows post-Dashain rally

Turnover falls nearly 18 percent as investors turn cautious ahead of Tihar, but technical support, improving earnings prospects and the dividend season could help revive the market.

#दसैँ
Compare →

Related Stories

Business & Economy
Build #2612