‘अजब देशको गजब कहानी’ भनेझैँ नेपालमा नहुनुपर्ने घटनाहरू नै एकपछि अर्को हुँदै आएका छन्। गत वर्षको जेनजी विद्रोहपछि विकसित अप्रत्याशित राजनीतिक घटनाक्रमदेखि बालेन नेतृत्वको वर्तमान सरकारसम्म आइपुग्दा मुलुक विधि र पद्धतिभन्दा पनि शासकको सनकको भरमा चलिरहेको आभास हुन थालेको छ। संविधान र विधिको शासनको प्रतिबद्धता दोहोर्याउने सरकारले व्यवहारमा भने स्वेच्छाचारी र निरंकुश चरित्र प्रदर्शन गर्न थालेको छ।
मध्यरातमा पूर्वप्रधानन्यायाधीश पक्राउ गर्नेदेखि सञ्चारगृहमै प्रवेश गरेर समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिनेसम्मका घटनाले बालेन सरकार गठन भएको सात महिनामै चौतर्फी आलोचना खेप्नुपरेको छ। यसअघि सञ्चारमाध्यमका कार्यालय अगाडि सरकारी गाडी तेर्स्याएर पत्रकारमा मनोवैज्ञानिक त्रास सिर्जना गरेको आरोप खेपेको सरकार अहिले पुनः सञ्चारगृहको न्यूजरुममै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने अवस्थामा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )