Trending
Prev Story
Next Story

करुवा क्रिकेट क्लबलाई पाल्पा च्याम्पियन्स ट्रफी

Ekantipur •
October 31, 2026 • 01:01 AM
2
2 reads 0 reactions

जिल्ला क्रिकेट संघपाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा करुवा क्रिकेट क्लबले पाल्पाली क्रिकेट प्लेयर्सलाई ७६ रनले हरायो ।

करुवा क्रिकेट क्लबलाई पाल्पा च्याम्पियन्स ट्रफी

जिल्ला क्रिकेट संघपाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा करुवा क्रिकेट क्लबले पाल्पाली क्रिकेट प्लेयर्सलाई ७६ रनले हरायो ।

पाल्पा — करुवा क्रिकेट क्लब तानसेनले शुक्रबार पाल्पा च्याम्पियन्स ट्रफी जिल्लास्तरीय क्रिकेट लिगको उपाधि जितेको छ ।

जिल्ला क्रिकेट संघपाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा करुवा क्रिकेट क्लबले पाल्पाली क्रिकेट प्लेयर्सलाई ७६ रनले हरायो ।

वर्षाका कारण छोट्याइएको खेलमा पहिले ब्याटिङ रोजेको करुवाले निर्धारित १२ ओभरमा ३ विकेट गुमाई १ सय ६५ रन बनायो । दिनेश बुढामगरले ६७, नीरबहादुर सार्कीले ५१, लीला शर्माले १५ र मनिष न्यौपानेले १४ रन जोडे । पाल्पालीका लेखनाथ न्यौपाने र दिपेश पाण्ड्येले १–१ विकेट लिए । जवाफमा पाल्पाली क्रिकेट प्लेयर्सले ४ विकेटमै ८९ रनमा समेटियो । आशिष लोहनीले २४, शिव खनालले २१ र दिपेश पाण्ड्येले ११ रन जोडे । करुवाका दिनेश बुढामगरले २ र केशव पहराईले एक विकेट लिए ।

विजेता करुवाले ७५ हजार र उपविजेता पाल्पालीले ४० हजार रुपैयाँ पुरस्कार पाए । विजेता खेलाडीलाई तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य राजु महर्जन, जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष पूर्णराज शाक्य, दमकडा क्रिकेट क्लबका अध्यक्ष छवि भटराईले पुरस्कार वितरण गरे ।

उत्कृष्ट बलर पाल्पालीका थानेश्वर भटराई र उत्कृष्ट ब्याटर करुवाका मनिष न्यौपाने ५–५ हजार पाए । प्लेयर अफ द सिरिज करुवाका दिनेश बुढामगर भए । उनले ७ हजार पाए । उदीयमान खेलाडी फ्रेन्ड्स ब्वाइजका साहिद अलीलाई ३ हजार प्रदान गरिएको छ । फाइनलका प्लेयर अफ द म्याच दिनेश बुढामगर भए । जिल्लाका ६ टोली सहभागी प्रतियोगितामा भाग लिएका थिए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
11h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#क्रिकेट #शुक्रबार
Compare →
Nagarik News
4d ago
बालिका करणी अभियोगमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ

बालिका करणी अभियोगमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाल्पा र कञ्चनपुरबाट चार जनालाई पक्राउ गरेको छ। पीडित पक्षको उजुरीका आधारमा उनीहरूलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

#पाल्पा
Compare →
Arthasansar
20h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612