काठमाडौं । नेपाललाई अति कम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति हुने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने संयुक्त राष्ट्रसंघको महासभाको निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाले बिहीबार नेपाल र बंगलादेशको स्तरोन्नतिका लागि तयारी अवधि थप गर्ने निर्णय गरेको हो । यस निर्णयले नेपाललाई स्तरोन्नतिपूर्व आवश्यक आर्थिक, संरचनात्मक तथा संस्थागत सुधार अघि बढाउन थप तीन वर्षको महत्त्वपूर्ण अवसर प्रदान गरेको महासंघको धारणा छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )