Trending
Prev Story
Next Story

जनकपुर बोल्ट्सका हरेक ‘डट बल’मा मधेशका महिलालाई एक सेनेटरी प्याड

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

१३ कात्तिक, जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको समर्थक समूह ‘बोल्ट्स बटालियन’ले महिनावारी स्वच्छता र सचेतना अभिवृद्धिका लागि ‘डट फर डिग्निटी’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले फाल्ने प्रत्येक ‘डट …

1 / 3
Swipe Photos

१३ कात्तिक, जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको समर्थक समूह ‘बोल्ट्स बटालियन’ले महिनावारी स्वच्छता र सचेतना अभिवृद्धिका लागि ‘डट फर डिग्निटी’ अभियान सुरु गरेको छ ।

अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले फाल्ने प्रत्येक ‘डट बल’ बराबर मधेशका ग्रामीण क्षेत्रमा एक थान सेनेटरी प्याड वितरण गरिनेछ । प्याड वितरणसँगै ग्रामीण क्षेत्रमा महिनावारीसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिने बोल्ट्स बटालियनका प्रतिनिधि जयकृष्ण महतोले जानकारी दिए ।

उनका अनुसार क्रिकेटको लोकप्रियतालाई सामाजिक परिवर्तनको माध्यम बनाउने उद्देश्यले अभियान सुरु गरिएको हो । समाजमा अझै पनि महिनावारी र सेनेटरी प्याडबारे खुलेर छलफल गर्न अप्ठेरो मान्ने प्रवृत्ति रहेकाले त्यसलाई चिर्न अभियानले सहयोग पुग्ने विश्वास आयोजकको छ ।

कतिपय किशोरी तथा महिलाले सेनेटरी प्याड बोक्नसमेत लाज मान्ने अवस्था रहेको उल्लेख गर्दै बटालियनले महिनावारीलाई लज्जाको विषय नभई स्वाभाविक प्रक्रिया र सम्मानसँग जोडिएको विषयका रूपमा स्थापित गर्न खोजेको अशोक अधिकारीले बताए ।

बोल्ट्स बटालियनले यसअघि एनपीएलको पहिलो र दोस्रो सिजनमा पनि ‘आफ्नो खेलमैदान फोहोर नगरौँ, भए आफैँ सफा गरौँ’ भन्ने नारासहित रंगशाला सरसफाइ अभियान सञ्चालन गरेको थियो । यस वर्ष पनि उक्त अभियानलाई निरन्तरता दिँदै सामाजिक सचेतनाको नयाँ अभियान थपेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदा...

#एनपीएल #प्रिमियर-लिग #बोल्ट्स
Compare →
Ekantipur
13h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #बोल्ट्स #जनकपुर
Compare →
Arthasansar
13h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Nagarik News
17h ago
जनकपुर बोल्ट्सले जित्यो टस, चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै

जनकपुर बोल्ट्सले जित्यो टस, चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्धको खेलमा जनकपुरका कप्तान हर्मित सिंहले टस जित्दै ब्याटिङ रोजेका हुन्।

#बोल्ट्स #जनकपुर
Compare →

Related Stories

Sports
Build #2612