Trending
Prev Story
Next Story

एनपीएल : कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सको खेल

Ekantipur •
October 29, 2026 • 04:02 PM
2
2 reads 0 reactions

तस्बिरमा हेर्नुहोस्, एनपीएलको तेस्रो सिजनको चौथो दिनको दोस्रो खेलका झलक ।

एनपीएल : कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको तेस्रो सिजनको चौथो दिनको दोस्रो खेलका झलक ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

कप्तान सोमपाल कामीसहितका खेलाडीले सानदार ब्याटिङ गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्समाथि ४ विकेटको सनसनीपूर्ण विजय हात पारेको छ । सोमपालले अविजित ६२ रन बनाएपछि कर्णालीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ सय ८७ रनको लक्ष्य १ बल अगाडि पूरा गर्‍यो । कर्णालीले अन्तिम ओभरमा ७ रन बनाउँदै विजय लक्ष्य पूरा गरेको थियो । कर्णालीले लगातार दोस्रो खेलमा जित हात पारेको हो । विराटनगर लगातार दोस्रो खेलमा पराजित भएको हो ।

सोमपालले ३२ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । सोमपालले सबै खाले ट्वान्टी–२० मा पहिलो अर्धशतक बनाएका हुन् । सोमपालले गुल्सन झासँग सातौं विकेटमा ४१ बलमा ७१ रनको अविजित साझेदारी गरे । गुल्सनले २१ बल खेली समान २ चौका र छक्कासहित अविजित २८ रन बनाए । सोमपालले पवन सर्राफसँग पनि छैटौं विकेटमा ६७ रनको साझेदारी गरेका थिए । पवनले २८ बल खेली १ चौका र ३ छक्कासहित ३६ रन बनाए । ओपनर मार्क वाट १ रनमै आउट भएका थिए भने अर्का ओपनर आरिफुल इस्लामले १२ बल खेली समान ३ चौका र छक्कासहित ३२ रन जोडे ।

दीपक डुम्रे ११ बल खेली १ चौका र २ छक्का प्रहार गरी २० रनमा आउट भए । हुसैन तलातले खाता खोल्न सकेनन् भने अकबर अली १ रनमै आउट भएका थिए । विराटनगरबाट एन्जेलो म्याथ्युजले ४ ओभरमा २५ रन खर्चेर ३ तथा चारिथ असलंका र प्रतिश जिसीले १–१ विकेट लिए । सोमपालको इनिङ्सले लोकेशको विस्फोटक स्कोरलाई छायामा पारेको थियो । टस हारेपछि ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८६ रन बनाएको थियो ।

लोकेशले ५२ बल खेली ३ चौका र ९ छक्का प्रहार गरी ८७ रन बनाए । उनी सोमपाल कामीको बलमा कट एन्ड बोल्ड भए । लोकेशले म्याथ्युजसँग तेस्रो विकेटमा ४१ बलमा ७१ रनको साझेदारी गरे । म्याथ्युजले २३ बल खेली ४ चौका प्रहार गर्दै ३१ रन बनाए । पाकिस्तानी बलर तलातले फालेको १४औं ओभरमा विराटनगर किंग्सले २४ रन जोड्दा लोकेशले २ छक्का र १ चौका प्रहार गरेका थिए । सोमपालले लोकेशसहित म्याथ्युज र एन्ड्रे रसेललाई आउट गरी विराटनगरलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए । रसेलले १५ बल खेली ३ चौका र २ छक्कासहित २७ रन बनाए । यसअघि लोकेशका ओपनिङ जोडी इमरान शेख ५ रन बनाई वाटको बलमा आउट भए । चारिथ असलंकाले ३ रनमात्र बनाउन सके । सेहन जयसूर्या ११ रन बनाई दोस्रो रन लिने क्रममा आउट भए । सोमपालले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएका थिए ।

तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #विराटनगर
Compare →
Onlinekhabar
7h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #विराटनगर
Compare →
Nagarik News
7h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #विराटनगर
Compare →
Arthasansar
18h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #कर्णाली
Compare →

Related Stories

Sports
Build #2612