Trending
Prev Story
Next Story

अपी हिमाल बेसक्याम्पमा मैत्रीपूर्ण क्रिकेट हुने

Ekantipur •
October 29, 2026 • 03:32 PM
2
2 reads 0 reactions

हिमाली पर्यटन प्रवर्द्धनलाई खेलकुदसँग जोड्ने उद्देश्यले १८ कात्तिकमा क्रिकेट प्रतियोगिता हुनेछ । अपी हिमाल गाउँपालिकाले १७ देखि १९ कात्तिकसम्म प्रतियोगिता गर्न लागेको हो ।

अपी हिमाल बेसक्याम्पमा मैत्रीपूर्ण क्रिकेट हुने

हिमाली पर्यटन प्रवर्द्धनलाई खेलकुदसँग जोड्ने उद्देश्यले १८ कात्तिकमा क्रिकेट प्रतियोगिता हुनेछ । अपी हिमाल गाउँपालिकाले १७ देखि १९ कात्तिकसम्म प्रतियोगिता गर्न लागेको हो ।

धनगढी — समुद्री सतहबाट करिब ४ हजार मिटर उचाइमा रहेको दार्चुलाको अपी हिमाल बेसक्याम्पमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ ।

हिमाली पर्यटन प्रवर्द्धनलाई खेलकुदसँग जोड्ने उद्देश्यले १८ कात्तिकमा क्रिकेट प्रतियोगिता हुनेछ । अपी हिमाल गाउँपालिकाले १७ देखि १९ कात्तिकसम्म प्रतियोगिता गर्न लागेको हो । ‘अपी हिमाल पर्यटन उत्सव २०८३’ अन्तर्गत धनगढी–११ र अपी–११ बीच मैत्रीपूर्ण क्रिकेट हुन लागेको हा । तराईको क्रिकेटलाई उच्च हिमाली क्षेत्रसम्म पुर्‍याउँदै अपी हिमालको पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको उद्घाटन संघीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गर्ने जानकारी दिएको छ । उत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गर्नेछन् ।

गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार सन् २०१४ सेप्टेम्बर २६ मा तान्जानियाको किलिमन्जारो पर्वतमा समुद्री सतहबाट ५ हजार ७५२ मिटर उचाइमा क्रिकेट खेलिएको थियो । यसअघि सन् २१ अप्रिल २००९ मा नेपालको सगरमाथा क्षेत्रमा पर्ने गोरकसेपमा ५ हजार १६४ मिटर उचाइमा ‘द एभरेस्ट टेस्ट’ आयोजना भएको थियो । त्यसैले अपीमा हुन लागेको प्रतियोगिता विश्वकै उच्च स्थानमा हुने क्रिकेट खेल नभए पनि सुदूरपश्चिममा हिमाली पर्यटन प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

७ हजार १३२ मिटर अग्लो अपी हिमालको काखमा रहेको बेसक्याम्प प्राकृतिक सौन्दर्य, हिमशृंखला, जैविक विविधता र साहसिक पदयात्राका लागि आकर्षक गन्तव्य हो । अपी–नाम्पा संरक्षण क्षेत्रअन्तर्गत पर्ने यस क्षेत्रमा पिलकन्द मैदान, उच्च हिमाली पाटन र कालीढुङ्गा ताललगायतका पर्यटकीय आकर्षण छन् ।

अपी क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक पहिचानको प्रचारप्रसार गर्नुका साथै स्थानीय पर्यटन व्यवसाय, रोजगारी, आयआर्जन र ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्‍याउने उद्देश्यले तीनदिने उत्सव आयोजना गर्न लागिएको गाउापालिकाले जनाएको छ ।

प्रतियोगिताको आयोजनामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समितिका अध्यक्ष सुवास शाहीले सहकार्य गरेका छन् । उनले अपी हिमालको सुन्दर बेसक्याम्पमा क्रिकेटमार्फत पर्यटन प्रवर्द्धन गर्ने अभियानमा सहभागी हुन पाउँदा गौरव महसुस भएको बताएका छन् ।

क्रिकेटलाई खेलमा मात्रै सीमित नराखी पर्यटन प्रवर्द्धन, आर्थिक समृद्धि र क्षेत्रीय पहिचानसँग जोड्नुपर्ने उनको भनाइ छ । धनगढीदेखि अपी हिमालको बेसक्याम्पसम्म खेलकुदको पहुँच विस्तार गर्दै सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा उत्सवलाई लिनुपर्ने उनले बताए ।

अपी हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह बोहराले अपी क्षेत्रको पर्यटन विकास, प्रचारप्रसार र स्थानीय आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर उत्सव आयोजना गर्न लागिएको बताए ।

‘अपीको पर्यटन विकास र प्रचारप्रसारका लागि यो उत्सव आयोजना गरिएको हो । उच्च हिमाली क्षेत्रमा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताले अपीको पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने विश्वास लिएका छौं,’ अध्यक्ष बोहराले भने । उनले उत्सवमा सहभागी भएर सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले अपी हिमाल बेसक्याम्पमा क्रिकेट खेलिरहेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा साझा गरेपछि अपी क्षेत्रले थप चर्चा पाएको थियो । प्रधानमन्त्रीको भिडियो सार्वजनिक भएपछि अपी हिमालप्रति पर्यटकको आकर्षण बढ्नुका साथै पर्यटकको आवागमनसमेत वृद्धि भएको गाउँपालिकाले जनाएको छ ।

टेकराज जोशी कान्तिपुरका धनगढी संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
हिमालको ज्वरो

हिमालको ज्वरो

ज्वरो निधारमा थियो व्यथा टाउकाको थिएन आँसु आँखाबाट खसिरह्यो तर समस्या आँखाको मात्र थिएन। ज्वरो आयो अनुहार रातोपिरो भयो गहबाट आँसुको भल बगिरह्यो अनुहारको सोह्र सिङ्गार पखालियो। कुरा यत्ति हो तर यत्ति नठान्नु ! ज्वरो आउनु सङ्केत मात्र हो यो त लक्षण हुन सक्छ कुनै महारोगको कुनै …

#हिमाल
Compare →
Nagarik News
6h ago
क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ।

#क्रिकेट
Compare →
Hamro Patro News
13h ago
विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

२७ कात्तिक, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता विराटनगरमा सुरु भएको छ। पहिलोपटक प्रदेशका ९ जिल्लाको सहभागिता रहेको प्रतियोगिता शुक्...

#क्रिकेट
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612