Trending
Prev Story
Next Story

निङ्गलाशैनीमा महाअष्टमीको भव्य जात्रा, सात भगवती शक्तिपीठमा विशेष पूजाआजा

Ekantipur •
October 18, 2026 • 07:58 PM
2
2 reads 0 reactions

महाअष्टमीका अवसरमा बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो, देउडा खेलले थप्यो जात्रामा रौनक ।

निङ्गलाशैनीमा महाअष्टमीको भव्य जात्रा, सात भगवती शक्तिपीठमा विशेष पूजाआजा

महाअष्टमीका अवसरमा बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो, देउडा खेलले थप्यो जात्रामा रौनक ।

बैतडीको प्रसिद्ध शक्तिपीठ निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमीका अवसरमा भव्य जात्रा लागेको छ। स्थानीय भाषामा निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई देहीमाडौँकी जाँत भनिन्छ। दशरथचन्द नगरपालिका–२, देहीमाडौँस्थित मन्दिरमा पूजाआजा र दर्शनका लागि सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजन पुगेका छन्।

निङ्गलाशैनी भगवतीलाई सुदूरपश्चिमका सात बहिनी भगवतीमध्ये एकका रूपमा पूजाआजा गर्ने धार्मिक परम्परा छ। दसैँको नवरात्रअन्तर्गत मन्दिरमा घटस्थापनादेखि नै नियमित पूजापाठ हुने भए पनि सप्तमी र महाअष्टमीमा निङ्गलाशैनी भगवती मन्दिरमा विशेष जात्रा लाग्ने गरेको पण्डित देवदत्त भट्टले बताए। उनकाअनुसार नवरात्रको यस अवसरमा देवीको पूजाआजा र दर्शनका लागि टाढाटाढाबाट भक्तजन आउने गर्छन्।

धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्त्व बोकेको यस शक्तिपीठमा लाग्ने जात्राले बैतडीसहित सुदूरपश्चिमको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै आएको दर्शनार्थी प्रकाश भट्टको बुझाइ छ। जात्रामा देवीको दर्शन र पूजाआजासँगै देउडा खेलले समेत विशेष रौनक थप्ने गरेको उनले बताए। 'निङ्गलाशैनी भगवतीको जात्रा धार्मिक आस्थाको केन्द्र मात्र होइन, हाम्रो मौलिक संस्कृति र परम्परा जोगाउने महत्त्वपूर्ण अवसर पनि हो,' दर्शनार्थी भट्टले भने, 'जात्रामा देउडा खेलमार्फत स्थानीय कला, संस्कृति र आपसी सद्भावसमेत झल्किने गरेको छ।'

यसैबीच, सुदूरपश्चिमका विभिन्न प्रसिद्ध भगवती शक्तिपीठमा पनि महाअष्टमीका अवसरमा विशेष पूजाआजा, दर्शन र धार्मिक अनुष्ठान भइरहेका छन्। बडीमालिका (बाजुरा), शैलेश्वरी (डोटी), उग्रतारा (डडेलधुरा), निङ्गलाशैनी (बैतडी), त्रिपुरासुन्दरी (बैतडी), डिलाशैनी (बैतडी) र मेलौली भगवती (बैतडी) लाई सुदूरपश्चिमका सात बहिनी भगवतीका रूपमा लिइने र स्थानीय धार्मिक परम्पराअनुसार देवीको आराधना गरिँदै आएको ज्योतिष पण्डित यज्ञराज पन्तले जानकारी दिए।

महाअष्टमीका दिन भगवतीको दर्शन, पूजापाठ र धार्मिक अनुष्ठानबाट सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। ज्योतिष पण्डित पन्तका अनुसार यी शक्तिपीठमा मनाइने जात्रा र पूजा परम्पराले सुदूरपश्चिमको मौलिक धार्मिक आस्था, सांस्कृतिक सम्पदा र पुस्तौँदेखि चलिआएको परम्परालाई निरन्तरता दिँदै आएका छन्।

हरिश्चन्द्र बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक धार्मिक आस्था, परम्परा र सामाजिक सद्भावसँग जोडिएका यी जात्रा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत बन्ने गरेका छन् । कार्तिक २८, २०८३ तर्क...

#जात्रा
Compare →
Onlinekhabar
6d ago
‘सिन्दुरे जात्रा’ को गीतमा अञ्जना र विजयको यस्तो लुक्स

‘सिन्दुरे जात्रा’ को गीतमा अञ्जना र विजयको यस्तो लुक्स

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ को गीत सार्वजनिक भएको छ । ‘बाँसैको सुप्लाखे’ बोलको गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको छ । सुरज गैरे विवशको शब्द रहेको गीतमा संगीत प्रशान्त स्वयंको छ । प्रेमिल …

#जात्रा
Compare →
Nagarik News
1w ago
मन्त्री सिता बादीद्वारा देउती बज्यै मन्दिरमा पूजाआजा

मन्त्री सिता बादीद्वारा देउती बज्यै मन्दिरमा पूजाआजा

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले सुर्खेतको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक शक्तिपीठ देउती बज्यै मन्दिरमा पुगेर पूजाआजा गरेकी छन्।

#मन्दिर #पूजाआजा
Compare →

Related Stories

World News
Build #2612