Trending
Prev Story
Next Story

डिगो एपमा हेर्नुस् ‘लालीबजार’

Nagarik News •
October 20, 2026 • 10:29 AM
3
3 reads 0 reactions

आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्व प्रस्तुत गरिएको चलचित्र अब विश्वभरका नेपाली दर्शकले एकसाथ हेर्न पाउने भएका छन्।

डिगो एपमा हेर्नुस् ‘लालीबजार’

गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्म डिगो एपमा उपलब्ध भएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्व प्रस्तुत गरिएको चलचित्र अब विश्वभरका नेपाली दर्शकले एकसाथ हेर्न पाउने भएका छन्।

षट्कोण आर्ट्सको निर्माण रहेको चलचित्रलाई डिगो एपमार्फत विश्वभर प्रदर्शनमा ल्याइएको हो। नेपालबाहिर नेपालीको बसोबास रहेका सबै देशमा चलचित्र प्रदर्शन गर्न सम्भव नभएकाले विश्वभर रहेका नेपाली दर्शकमाझ पुर्‍याउन ओटीटी माध्यम रोजिएको निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले बताए।

चलचित्र ‘लालीबजार’मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टललगायत कलाकारको अभिनय छ।

चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने निर्माणको जिम्मेवारी रवीन्द्रसिंह बानियाँले सम्हालेका छन्।

डिगो एपमा उपलब्ध भएसँगै नेपालमा प्रदर्शन भइसकेको चलचित्र अब विदेशमा रहेका नेपाली दर्शकले पनि डिजिटल माध्यमबाट हेर्न सक्नेछन्।

प्रकाशित: ३ कार्तिक २०८३ १६:१४ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1h ago
‘रामायणः पार्ट १’ को विश्वव्यापी कमाइ १ हजार ११० करोड भारु, बनायो नयाँ रेकर्ड

‘रामायणः पार्ट १’ को विश्वव्यापी कमाइ १ हजार ११० करोड भारु, बनायो नयाँ रेकर्ड

मुम्बई । रणबीर कपुर अभिनीत बहुप्रतीक्षित चलचित्र ‘रामायणः पार्ट १’ ले बक्स अफिसमा आक्रामक व्यापार गर्दै नयाँ कीर्तिमान बनाएको छ। प्रदर्शनको नौ दिनमै चलचित्रले विश्वभरबाट १ हजार ११० करोड भारु ग्रस क...

#चलचित्र #प्रदर्शन
Compare →
Ekantipur
1w ago
फिल्म ‘पाँच पाण्डव’ तोकिएको मितिमै रिलिज हुने

फिल्म ‘पाँच पाण्डव’ तोकिएको मितिमै रिलिज हुने

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले भने- ‘चलचित्रले संस्थागत रूपमा अनुमति पाइसकेपछि सहज रूपमा प्रदर्शन हुनुपर्छ र सर्जकको सिर्जनालाई सम्मान गर्दै उनीहरूको प्रदर्शन गर्ने अधिकारको संरक्षण गरिनुपर्छ ।’

#चलचित्र #प्रदर्शन
Compare →

Related Stories

Technology
Build #2612