Trending
Prev Story
Next Story

एनपिएलमा वित्तीय संस्थाहरूको उपस्थिति, कुन टिमलाई कसको साथ ?

Arthasansar •
October 29, 2026 • 12:35 PM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण सुरु भएसँगै खेलमैदान मात्र होइन, आर्थिक र व्यापारिक बजार पनि तातेको छ।...

एनपिएलमा वित्तीय संस्थाहरूको उपस्थिति, कुन टिमलाई कसको साथ ?

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण सुरु भएसँगै खेलमैदान मात्र होइन, आर्थिक र व्यापारिक बजार पनि तातेको छ। यसपटक एनपिएलका सबै फ्रेन्चाइज टोलीलाई बैंक तथा बीमा कम्पनीहरूले प्रायोजन गरेका छन्। खेलकुदप्रतिको जनमानसको क्रेजलाई व्यावसायिक अवसरमा बदल्दै वित्तीय संस्थाहरूले यस प्रतियोगितालाई आफ्नो ब्रान्ड प्रवर्द्धनको मुख्य माध्यम बनाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले यस संस्करणबाट डेढ अर्ब रूपैयाँभन्दा बढीको कुल कारोबार हुने आकलन गरेको छ। क्यानले यसअघि नै टेलिभिजन र ओटीटी राइट्स बिक्रीबाट ३० करोडभन्दा बढी रकम जुटाइसकेको छ।

एनपिएलको पहिलो संस्करणदेखि नै टाइटल्स स्पोन्सरको रूपमा जोडिएको सिद्धार्थ बैंकले यसपटक पनि आफ्नो सहकार्यलाई निरन्तरता दिएको छ। बैंकले नयाँ ग्राहकलाई लक्षित गर्दै 'सिद्धार्थ एनपिएल क्रेडिट कार्ड' र 'सिद्धार्थ एनपिएल बचत खाता' बजारमा ल्याएको छ। असोज १ देखि मंसीर २९ गतेसम्म आवेदन दिने ग्राहकले आजीवन निःशुल्क क्रेडिट कार्ड पाउनुका साथै पहिलो वर्षको वार्षिक शुल्कमा पूर्ण छुट पाउनेछन्। त्यस्तै, यो बचत खाता खोल्नेहरूले विशेष डिजाइन गरिएको डेबिट कार्ड र ५०० रिवार्ड पोइन्टसमेत प्राप्त गर्नेछन्।

यसपटक एनपिएलमा भाग लिने आठवटै टोलीहरू विभिन्न बैंक तथा इन्स्योरेन्स कम्पनीहरूको सहकार्यमा मैदानमा उत्रिएका छन्:

- सुदूरपश्चिम रोयल्स: प्राइम कमर्शियल बैंक र सगरमाथा लुम्बिनी इन्स्योरेन्स

- चितवन राइनोज: हिमालयन एभरेस्ट इन्स्योरेन्स

- जनकपुर बोल्ट्स: मुक्तिनाथ विकास बैंक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स

- कर्णाली योक्स: नेपाल लाइफ इन्स्योरेन्स

- काठमाडौं गोर्खाज: शिखर इन्स्योरेन्स

- लुम्बिनी लायन्स: शाइन रेसुंगा डेभलपमेन्ट बैंक

स्थानीय टिमहरूसँगको आबद्धताले सेवाग्राहीहरूसँगको सम्बन्ध बलियो बनाउने भएकाले वित्तीय संस्थाहरूले यसलाई स्थानीय बजारमा पकड जमाउने बलियो आधार बनाएका छन्। यसका साथै, प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिताले खेलको आकर्षण थप बढाएको छ, जसलाई बैंक तथा बीमा संस्थाहरूले आफ्नो बजार विस्तारको उत्कृष्ट अवसरका रूपमा लिएका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
एनपिएलमा आज विराटनगरले लुम्बिनीको सामना गर्दै, जित्नैपर्ने दबाब

एनपिएलमा आज विराटनगरले लुम्बिनीको सामना गर्दै, जित्नैपर्ने दबाब

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज एउटा खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा शनिबार साँझ ५ बजे विराटनगर किंग्सले लुम्बिनी लायन्सको सामना गर्दैछ। दुवै टोलीले लिग चरणको अन्तिम खेल खेल्...

#एनपीएल #प्रिमियर-लिग #एनपिएल
Compare →
Onlinekhabar
5h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Nagarik News
6h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
20h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Business & Economy
Build #2612