Trending
Prev Story
Next Story

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विशिष्ट संरचना विकास समितिलाई हस्तान्तरण

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१२ कात्तिक, बुटवल । रुपन्देहीको बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालन जिम्मेवारी औपचारिक रूपमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलिप भण्डारी …

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विशिष्ट संरचना विकास समितिलाई हस्तान्तरण

१२ कात्तिक, बुटवल । रुपन्देहीको बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालन जिम्मेवारी औपचारिक रूपमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण गरिएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलिप भण्डारी तथा पूर्वाधार विकास मन्त्रीका सल्लाहकार मधु अर्यालको उपस्थितिमा आयोजित कार्यक्रमबीच सम्मेलन केन्द्र समितिलाई सुम्पिएको हो ।

सिनियर डिभिजनल इन्जिनियर किर्तिकान्त साहले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१ बमोजिम आवश्यक कागजातसहित उक्त संरचना समितिका कार्यकारी निर्देशक धर्मराज खड्कालाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण ग्रहण गर्दै कार्यकारी निर्देशक खड्काले सभाहललाई पारदर्शिता, सेवाग्राहीको अधिकतम सन्तुष्टि र उपलब्ध सम्पूर्ण स्रोत साधनहरूको हदैसम्मको उपयोग गरी सञ्चालन गरिने बताए । उनले वर्तमान सरकारको स्पिरिट र स्पिड अनुसार संरचनाको भरपुर, व्यवस्थित सञ्चालन तथा व्यवस्थापनमा जोड दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

चार वर्षअघि उद्घाटन भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अझै सञ्चालन हुन सकेको छैन ।  एक अर्ब ११ करोड रुपियाँ खर्च गरी आठ वर्ष लगाएर निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका १३ वटा सभा हलमध्ये अहिले एउटा ठूलो हल मात्र आंशिकरुपमा सञ्चालनमा छ । बाँकी १२ वटा सभा हल प्रयोगमा आउन सकेका छैनन् ।

तत्कालीन रुपन्देही २ का प्रतिनिधि सभा सदस्य एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल १० रामनगरस्थित बुटवल मण्डपमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र र अन्तारष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको योजना अघि बढाएर कार्यान्वयनमा ल्याएका थिए ।

निर्माण सम्पन्न भएपछि  प्रधानमन्त्री शेरबहादुर देउवा र पुर्व अर्थमन्त्री पौडेलले २०७९ भदौ ११ गते बुटवल मण्डपमा नेपालको झन्डा आकारमा निर्माण भएको सम्मेलन केन्द्रको उद्घाटन गरेका थिए ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कसरी र कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बन्न ढिला हुंदा  व्यवस्थित रूपमा सञ्चालनमा आउन सकेको थिएन ।  सम्मेलन केन्द्रको सरसफाइ, बिजुली पानी, हेरालु र कर्मचारीको खर्चबापत लाखौं रुपियाँ खर्च भएको छ । सम्मेलन केन्द्रको कार्यविधि स्वीकृतिका लागि २०७९ जेठमै सहरी विकास तथा भवन निर्माण विभागमार्फत सङ्घीय सहरी विकास मन्त्रालयलाई बुझाइएको थियो तर कार्यविधि स्वीकृत हुन ढिला भएको थियो ।

सम्मेलन केन्द्रमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ । त्यस्तै लिफ्टको सुविधासहित अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी भौतिक संरचना तयार पारिएको छ । सम्मेलन केन्द्र करिब साढे नौ बिघा क्षेत्रफलमा बनेको छ ।

सम्मेलन केन्द्रको मुख्य सभा हलमा ८७२ वटा कुर्सी जडान गरिएको छ भने सभा हलसहित छ वटा बैठक हल र दुई वटा बहुउद्देश्यीय हल भवन तयार भएको छ ।  उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष लोकनाथ पन्थीले बुटवलको गहनाका रूपमा रहेको सम्मेलन केन्द्र सञ्चालनका लागि निजी क्षेत्रले चासो देखाएको बताउँदै सरकारले छिटो सञ्चालनको वातावरण बनाउन आग्रह गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
किसानको बाहुल्यता रहे पनि विकास प्रक्रिया ढिलो भयो : नारायणमान बिजुक्छे

किसानको बाहुल्यता रहे पनि विकास प्रक्रिया ढिलो भयो : नारायणमान बिजुक्छे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ पुस्तालाई इतिहास, अग्रजहरूले गरेका संघर्ष र योगदानबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाल कर्मचारी समाज इन्जिन...

#विकास
Compare →
Nagarik News
14h ago
पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

सम्मेलनको मूल कार्यक्रम र साइडलाइन छलफलमा नेपालका पाँच मन्त्री सहभागी भएपछि उनीहरूको उपस्थितिसँगै त्यहाँ उठाइएका विषय र सहभागिताको औचित्यबारे पनि चर्चा सुरु भएको छ।

#सम्मेलन
Compare →
Ekantipur
16h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

दुबईमा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि र अपराध नियन्त्रणका विषयमा छलफल हुने

#सम्मेलन
Compare →
Bizshala
20h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास
Compare →

Related Stories

World News
Build #2612