Trending
Prev Story
Next Story

अमेरिकाले १५ करोड डलरभन्दा बढी मूल्यका हेलिकोप्टर, ड्रोन र डुंगा उपलब्ध गराउने

Ekantipur •
October 29, 2026 • 11:32 AM
3
3 reads 0 reactions

अमेरिकाको पछिल्लो उपकरण सहयोग प्याकेज भदौ १० मा आएको बाढीपछि उसले उपलब्ध गराएको आपत्‌कालीन सहायताका अतिरिक्त हो ।

अमेरिकाले १५ करोड डलरभन्दा बढी मूल्यका हेलिकोप्टर, ड्रोन र डुंगा उपलब्ध गराउने

अमेरिकाको पछिल्लो उपकरण सहयोग प्याकेज भदौ १० मा आएको बाढीपछि उसले उपलब्ध गराएको आपत्‌कालीन सहायताका अतिरिक्त हो ।

काठमाडौँ — अमेरिकाले नेपालको विपद् पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य क्षमता सुदृढ बनाउन अमेरिकी निर्मित हेलिकोप्टर, ड्रोन र नदीमा चल्ने डुंगासहित १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका उपकरण उपलब्ध गराउने भएको छ । अमेरिकी दूतावासले बिहीबार यसबारे जानकारी दिएको हो ।

गत भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यससँग सम्बन्धित विपद्ले व्यापक क्षति पुर्‍याएको र हजारौं मानिसको मृत्यु वा बेपत्ता भएको अवस्थामा अमेरिकाको पछिल्लो घोषणा आएको हो। नेपाल अहिले पनि उक्त विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणमा जुटिरहेको छ।

अमेरिकी दूतावासका अनुसार नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले प्रधानसेनापति अशोकराज सिग्देलसँगको भेटमा उक्त सहयोग र नेपाल–अमेरिका साझेदारीका विविध पक्षबारे छलफल गरेकी थिइन् ।

यी उपकरणको आपूर्ति आगामी वर्षदेखि सुरु गर्ने योजना छ । विशेषगरी प्राकृतिक विपद्का बेला खोज तथा उद्धार, घाइतेको उद्धार तथा स्थानान्तरण र आपत्कालीन प्रतिकार्य क्षमता बढाउनु यसको उद्देश्य हो ।

बोल्डिनले गत भदौमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त विपद्पछि पनि बेपत्ता रहेका नेपाली सेनाका सदस्यका परिवारप्रति समवेदना प्रकट गरेकी थिइन् ।

नयाँ सहायता प्याकेजले अमेरिकाले नेपाललाई यसअघि उपलब्ध गराउँदै आएको सैन्य तथा विपद् प्रतिकार्य सहयोगलाई थप विस्तार गर्नेछ । यसअघि अमेरिकाले गत वर्ष करिब ३ करोड ८० लाख अमेरिकी डलर मूल्यका एम२८ स्काइट्रक विमान उपलब्ध गराएको थियो । ती विमान राहत तथा उद्धार कार्यमा प्रयोग हुँदै आएको अमेरिकी दूतावासले जनाएको छ।

नेपालको पहाडी भूगोल, कठिन भौगोलिक पहुँच तथा बाढी, पहिरो र हिमनदीजन्य विपद्को जोखिमका कारण आपत्कालीन अवस्थामा हवाई यातायात र विशेष उद्धार उपकरणको महत्त्व बढी छ । विपद् प्रभावित क्षेत्रमा सडक तथा पुल क्षतिग्रस्त हुने वा बगाउने हुँदा उद्धारकर्मी परिचालन, घाइतेको उद्धार र अत्यावश्यक सामग्री पुर्‍याउन हेलिकोप्टर यातायातका सीमित व्यावहारिक विकल्पमध्ये एक बन्ने गर्छ । प्रस्तावित सहयोगले यस्ता आपत्कालीन अवस्थामा नागरिक प्रशासनलाई सहयोग गर्ने नेपाली सेनाको क्षमता विस्तार हुने अपेक्षा गरिएको छ ।

नेपालको विपद् प्रतिकार्य क्षमता बढाउन विमान, तालिम र लजिस्टिक सहयोग विस्तार गर्ने अमेरिकी पहलको शृंखलाकै अर्को कदमका रूपमा पछिल्लो घोषणा आएको हो । सन् २०२५ को सेप्टेम्बरमा अमेरिकाले विदेशी सैन्य वित्तीय सहायताअन्तर्गत करिब ३ करोड ७० लाख अमेरिकी डलरको अनुदानमा दुईवटा एम२८ स्काइट्रक विमान नेपाली सेनालाई हस्तान्तरण गरेको थियो । ती विमान हस्तान्तरण भएपछि नेपाली सेनासँग रहेका स्काइट्रक विमानको संख्या पाँच पुगेको थियो । यसमा अमेरिकाले पहिले उपलब्ध गराएका दुई र नेपालले खरिद गरेको एउटा विमान पनि समावेश छन् । नयाँ हस्तान्तरण गरिएका विमानमध्ये एउटामा हवाई एम्बुलेन्सको सुविधा जडान गरिएको थियो ।

अमेरिकाले यसअघि बेल हेलिकोप्टर तथा त्यससँग सम्बन्धित तालिम र लजिस्टिक सहयोग उपलब्ध गराउने योजना पनि सार्वजनिक गरेको थियो । सन् २०२६ को जुनमा प्रस्तावित सहयोगबारे छलफलपछि नेपालले अमेरिकाबाट थप छवटा हेलिकोप्टर स्वीकार गर्न सहमति जनाएको थियो । यी व्यवस्थाहरू नेपालमा हवाई यातायात र विपद् प्रतिकार्य क्षमता बढाउने अमेरिकी प्रयासकै हिस्सा हुन् ।

अमेरिकाको पछिल्लो उपकरण सहयोग प्याकेज भदौ १० मा आएको बाढीपछि उसले उपलब्ध गराएको आपत्कालीन सहायताका अतिरिक्त हो । उक्त बाढीले विशेषगरी रसुवा र भोटेकोशी क्षेत्रका भागमा ठूलो विनाश निम्त्याएको थियो । यसले पूर्वाधार र उद्धार कार्यसमेत प्रभावित पारेको थियो ।

त्यसपछि अमेरिकी सैन्य ढुवानी विमानले आपत्कालीन सामग्री र विशेष उपकरण नेपाल ल्याएका थिए । ती सामग्रीमा फ्रन्ट लोडर, प्राथमिक उपचार सामग्री, स्ट्रेचर तथा विपद्मा ज्यान गुमाएकाहरूको उद्धार र शव निकाल्न प्रयोग हुने उपकरण समावेश थिए । अमेरिकी वायुसेनाको सी–१३०जे विमानबाट ती सामग्री काठमाडौं ल्याइएको थियो।

त्यसपछि अमेरिकाले बाढीपछिको पुनःस्थापनाका लागि थप सहायता घोषणा गरेको थियो । सेप्टेम्बर २२ मा अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपमन्त्री एलिसन हुकरले न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी थप ३ करोड १० लाख अमेरिकी डलरको सहायता प्याकेज उपलब्ध गराउने योजना सार्वजनिक गरेकी थिइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
अमेरिकामा घण्टौँपछि खुल्यो हवाई सेवा

अमेरिकामा घण्टौँपछि खुल्यो हवाई सेवा

काठमाडौं । अमेरिकामा देशभरका विमानस्थलमा लगाइएको उडान रोक हटाइएको छ। प्राविधिक उपकरणमा समस्या आएपछि घण्टौँसम्म अवरुद्ध भएको हवाई सेवा शुक्रबार रातिदेखि पुनः सञ्चालनमा आएको हो। अमेरिकी अधिकारीहरूका...

#अमेरिका #उपकरण
Compare →
Nagarik News
7h ago
अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो।

#अमेरिका #अमेरिकी
Compare →
Bizshala
2d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#अमेरिका #अमेरिकी
Compare →
Onlinekhabar
2h ago
अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

२८ कात्तिक, काठमाडौं । अमेरिकामा एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा खराबी आएपछि शुक्रबार ४ घण्टाभन्दा बढी समयसम्म विमानहरूको उडान रोक्नुपरेको छ। सुरक्षा कारण देखाउँदै सङ्घीय उड्डयन प्रशासनले देशभरका एयरपोर्टहरूमा उडान रोक्न आदेश दिएको थियो। …

#अमेरिका
Compare →

Related Stories

World News
Build #2612