Trending
Prev Story
Next Story

३ महिनामा १६ अर्ब २३ करोड रूपैयाँ एफडीआई प्रतिबद्धता

Ekantipur •
October 29, 2026 • 09:31 AM
6
6 reads 0 reactions

उद्योग विभागका अनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ४१० उद्योगमार्फत १४ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ र स्वीकृति मार्ग (अप्रुभल रुट)बाट १२ उद्योगमा १ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको छ।

३ महिनामा १६ अर्ब २३ करोड रूपैयाँ एफडीआई प्रतिबद्धता

उद्योग विभागका अनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ४१० उद्योगमार्फत १४ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ र स्वीकृति मार्ग (अप्रुभल रुट)बाट १२ उद्योगमा १ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको छ।

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा १६ अर्ब २३ करोड १९ लाख रुपैयाँको बराबरको वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ ।

उद्योग विभागको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले हालै सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार तीन महिनामा ४२२ वटा नयाँ उद्योगमा उक्त वैदेशिक लगानी स्वीकृत भएको हो ।

विभागका अनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ४१० उद्योगमार्फत १४ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ र स्वीकृति मार्ग (अप्रुभल रुट)बाट १२ उद्योगमा १ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको छ । उक्त लगानीबाट कुल ५ हजार १२९ जनालाई रोजगारी दिने अनुमान गरिएको छ ।

लगानी रकमका आधारमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै ६ अर्ब ८२ लाख ८५ हजार रुपैयाँ प्रतिबद्धता आएको छ । ऊर्जा क्षेत्रमा ४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।

सेवा क्षेत्रमा ३ अर्ब ५७ करोड ५४ लाख, सूचना प्रविधि क्षेत्रमा ९२ करोड ८३ लाख, उत्पादनमूलक उद्योगमा १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ, कृषि तथा वन पैदावारमा ४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।

विभागका अनुसार असोजमा मात्रै ९४ उद्योगमा ५ अर्ब १० करोड़ ७५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2w ago
विदेशी लगानी प्रतिबद्धता १९ अर्बले घट्यो

विदेशी लगानी प्रतिबद्धता १९ अर्बले घट्यो

उद्योग विभागका अनुसार पोहोरको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धतामा करिब १९ अर्ब रुपैयाँले गिरावट आएको हो।

#प्रतिबद्धता
Compare →
Onlinekhabar
1w ago
इरानले भन्यो– अमेरिकाको कागजी प्रतिबद्धतामा मात्रै विश्वास गरेर सम्झौता गर्दैनौं

इरानले भन्यो– अमेरिकाको कागजी प्रतिबद्धतामा मात्रै विश्वास गरेर सम्झौता गर्दैनौं

इरानले अमेरिकासँग कागजी प्रतिबद्धताका आधारमा मात्रै कूटनीतिक वार्ता पुनः सुरु नगर्ने बताएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बाघेरी कानीले अमेरिकाले आफ्ना प्रतिबद्धता व्यवहारमा पूरा गरेको देखिएपछि मात्रै नयाँ अध्याय सुरु गर्ने आधार …

#प्रतिबद्धता
Compare →
Hamro Patro News
1w ago
नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

काठमाण्डु– नेपाल र भारतका सुरक्षा निकायबीच सीमा क्षेत्रमा हुने अपराध तथा अवैध गतिविधि नियन्त्रणका लागि समन्वय र सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ । सशस्त्र प्रहरी बल विन्ध्यवासिनी बाहिनी ...

#प्रतिबद्धता
Compare →

Related Stories

Business & Economy
Build #2612