काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाज ११५ रनमा अलआउट भएको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा ९ विकेट गुमाएर ११५ रन बनाएको हो ।
काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । राशिद खानले १७, स्मित पटेलले १३, सुमित महर्जनले १० र रिपोन मण्डलले अविजित ९ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )