काठमाडौं । आफ्नो स्थापनाको ३०औं वर्षमा प्रवेश गरेको अवसर पारेर आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को ‘स्वास्थ्य साझेदार’ (हेल्थ पार्टनर) का रूपमा तीनवर्षे सम्झौता गरेको छ ।
क्रिकेटमार्फत जनस्वास्थ्य सचेतना अभिवृद्धि गर्ने र खेलकुद तथा स्वास्थ्य क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित यो सहकार्य गरिएको कम्पनीले जनाएको छ । आफ्नो ३० वर्षे व्यावसायिक यात्रालाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सँग जोड्दै कम्पनीले खेलमार्फत नागरिकलाई आधारभूत स्वास्थ्य परीक्षण, परामर्श तथा स्वस्थ जीवनशैलीबारे जानकारी दिने लक्ष्य लिएको छ ।
Read full story at source ( clickmandu.com )