काठमाडौं । इजरायलमा यहुदी र अरब समुदायको सहभागितामा संयुक्त सरकार गठन गर्न माग गर्दै करिब ३०० जनाले प्रदर्शन गरेका छन्। जेरुसेलमको पेरिस स्क्वायर, तेल अभिभको मेसिला पार्क र हाइफाको युनेस्को स्क्वायरमा भेला भएका प्रदर्शनकारीले समावेशी सरकार गठनको माग गरेका हुन्।
इजरायली दैनिक 'हारेत्ज'का अनुसार प्रदर्शनकारीहरूले 'सबैका लागि स्वतन्त्रता' र 'यहुदी–अरब संयुक्त सरकारको पक्षमा' लेखिएका प्लेकार्ड बोकेका थिए। यसैबीच, इजरायलको संसदीय निर्वाचनको मतगणना जारी रहँदा सरकार गठनको समीकरण अनिश्चित देखिएको छ।
Read full story at source ( nepalviews.com )