Trending
Prev Story
Next Story

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

Nagarik News •
November 06, 2026 • 07:27 AM
3
3 reads 0 reactions

राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उनलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन्। राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उनलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

इजरायली संसद् नेसेटका कुल १२० सिटमध्ये सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ। इसेनकोटलाई यहुदी नेतृत्वको विपक्षी गठबन्धनका ४८, राम पार्टीका आठ र अरब नेतृत्वको संयुक्त सूचीका ११ सांसदको समर्थन प्राप्त भएको हो।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले सरकार गठनको बाटो अझै लामो भए पनि आफूहरू दृढ रहेको बताएका छन्। उनले देशलाई सुरक्षा र विवेकको बाटोमा फर्काउन राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने लक्ष्य रहेको उल्लेख गरेका छन्।

यसैबीच, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पक्षमा ५३ सिट रहे पनि परम्परागत सहयोगी युनाइटेड तोराह जुडाइज्मले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने निर्णय गरेपछि उनको समर्थन ४६ सिटमा सीमित भएको छ।

जोइन्ट लिस्टले नेतान्याहु र उनको सरकारलाई पुनः सत्तामा आउनबाट रोक्ने सार्वजनिक मागअनुसार इसेनकोटलाई समर्थन गरेको जनाएको छ। यद्यपि, उक्त दलले विपक्षी गठबन्धनसँग नीतिगत मतभेद रहेकाले सरकारमा औपचारिक रूपमा सहभागी नहुने स्पष्ट पारेको छ।

जोइन्ट लिस्टका अध्यक्ष युसेफ जाबरिनले नेतान्याहु र उनका काहानवादी साझेदारहरूको शासन निरन्तर हुन नदिन समर्थन गरिएको बताएका छन्।

बहुमत समर्थन प्राप्त भए पनि राष्ट्रपति हर्जोगले सरकार गठनको औपचारिक जिम्मेवारी दिनुअघि राजनीतिक दलहरूसँग थप परामर्श गर्ने बताएका छन्। उनले आइतबार इसेनकोटलाई सरकार गठनको जनादेश दिने अपेक्षा गरिएको छ।

प्रकाशित: २० कार्तिक २०८३ १३:१२ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
चीन जाने रास्वपा सांसदलाई प्रधानमन्त्री शाहको निर्देशन : राष्ट्रहित केन्द्रित भएर विषयवस्तु राख्नुस

चीन जाने रास्वपा सांसदलाई प्रधानमन्त्री शाहको निर्देशन : राष्ट्रहित केन्द्रित भएर विषयवस्तु राख्नुस

काठमाडौं । चीन भ्रमणमा जान लागेका रास्वपाका २० सांसदलाई प्रधानमन्त्री वालेन्द्र शाहले बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ), नेपालमा चिनियाँ लगानीका आयोजना, पर्यटन विकास र नेपालका लागि चीनको आर्थिक सहय...

#सांसद
Compare →
Ekantipur
12h ago
रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला : वालेन्द्र शाह, प्रधानमन्त्री

#सांसद
Compare →
Onlinekhabar
19h ago
सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आकासिंदो मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थपेको आरोप लगाएका छन् । ‘सरकारको नांगो अकर्मण्यता’ भनेर सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको आलोचना गरेका हुन् । विजयादशमी र …

#सांसद
Compare →

Related Stories

Politics & Governance
Build #2612