Trending
Prev Story
Next Story

डडेल्धुरामा किबीखेती विस्तार

Nagarik News •
October 29, 2026 • 04:02 AM
2
2 reads 0 reactions

जिल्लामा किबीखेती विस्तारसँगै व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ।

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा जिल्लामा किबीखेती विस्तार हुँदै गएको छ। जिल्लामा किबीखेती विस्तारसँगै व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा हाल २३ हेक्टर क्षेत्रफलमा किबीखेती भइरहेको छ। गत आर्थिक वर्षमा जिल्लामा १९ मेट्रिकटन किबी उत्पादन भएको केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुले बताए। अघिल्लो वर्ष १९ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट १० मेट्रिकटन किबी उत्पादन भएको उनले बताए।

उत्पादन बढ्दै गए पनि किबीको बजार मूल्य भने घट्दै गएको किसान बताउँछन्। अमरगढी नगरपालिका-३ चिर्किट्टेका किसान प्रजापति पनेरुका अनुसार पाँच वर्षअघि प्रतिकिलो ४०० रुपैयाँभन्दा बढीमा बिक्री हुने किबीको मूल्य अहिले घटेर १५० रुपैयाँसम्म पुगेको छ। कैलाली र कञ्चनपुरलगायत बजारमा व्यापारीले किसानको बारीबाटै किबी खरिद गरेर लैजाने गरेका छन्।

आलिताल गाउँपालिका-२ लामिटुँडाका लक्ष्मण थापामगरले २०७२ सालमा दोलखाबाट ११६ वटा किबीका बिरुवा ल्याएर खेती सुरु गरेका थिए। अहिले उनको बगैँचामा ३०० भन्दाबढी किबीका बोट छन्। खेतीसँगै उनले किबीको नर्सरीसमेत सञ्चालन गर्दै आएका छन्। गत वर्ष उनले ७५ क्विन्टल किबी बिक्री गरेका थिए।

त्यस्तै, नेपाली सेनाबाट अवकाशपछि अमरगढी नगरपालिका-२ कुस्मालीका खडक थापामगर पनि किबीखेती र नर्सरी व्यवसायमा संलग्न भएका छन्। उनले रातो र पहेँलो किबीको बिरुवा प्रतिगोटा २०० रुपैयाँ तथा हरियो किबीको बिरुवा १५० रुपैयाँमा बिक्री गर्दै आएका छन्।

किबीखेतीलाई प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्रले बगैँचा व्यवस्थापन, थाक्रा निर्माण, मल तथा बिरुवा खरिदमा ५० प्रतिशत अनुदान सहयोग गर्दै आएको छ। केन्द्रका अनुसार गत आवमा किबी बगैँचा व्यवस्थापन तथा प्रवर्द्धनका लागि १५ लाख रुपैयाँ खर्च गरिएको थियो।

किबीखेती विस्तार हुँदै गए पनि उत्पादनको उचित मूल्य र बजार व्यवस्थापन किसानका लागि चुनौती बनेको छ। उत्पादन बढेसँगै बजार विस्तार र मूल्य सुनिश्चित गर्नसके जिल्लामा किबी खेतीलाई थप व्यावसायिक बनाउन सकिने किसानहरु बताउँछन्। रासस

प्रकाशित: १२ कार्तिक २०८३ ०९:४७ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
व्यावसायिक फूलखेती गर्ने किसानलाई बजारकै अभाव

व्यावसायिक फूलखेती गर्ने किसानलाई बजारकै अभाव

स्थानीय उत्पादनले आम्दानीको नयाँ बाटो खोले पनि किसानले भारतीय फूलसँग प्रतिस्पर्धा र बजार व्यवस्थापनको कठिनाइ झेलिरहेका छन्।

#किसान #उत्पादन
Compare →
Onlinekhabar
9h ago
बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

२८ कात्तिक, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री …

#किसान #उत्पादन
Compare →
Hamro Patro News
5d ago
उत्पादन बढेपछि फूलको मूल्य घट्यो

उत्पादन बढेपछि फूलको मूल्य घट्यो

यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल हुँदा स्थानीय फूलको उत्पादन बढेको छ । आपूर्ति पर्याप्त भएपछि मूल्य घटेको छ । गत वर्षको तुलनामा मूल्य घट्दा किसानले लागत मूल्य पाउन कठिन भएको छ भने महँगोम...

#किसान #उत्पादन
Compare →
Bizshala
1w ago
लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

काठमाण्डौ । नेपाल र लाओसबीच व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदान विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स...

#विस्तार
Compare →

Related Stories

Technology
Build #2612