Trending
Prev Story
Next Story

कांग्रेसका १९ पदाधिकारी र २१० केन्द्रीय सदस्यले आज शपथ लिँदै

Ekantipur •
October 29, 2026 • 04:32 AM
2
2 reads 0 reactions

१५औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै पार्टीको नयाँ कार्यसमिति सक्रिय हुनेछ।

कांग्रेसका १९ पदाधिकारी र २१० केन्द्रीय सदस्यले आज शपथ लिँदै

१५औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै पार्टीको नयाँ कार्यसमिति सक्रिय हुनेछ।

काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आज अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथ हुँदैछ । सभापति गगन थापाले दसैंको फूलपातीका दिन शपथ लिएका थिए ।

आज वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र ११ सहमहामन्त्रीसहित २२९ जनाले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

आज शपथ लिने २२९ जनामध्ये १९ जना पदाधिकारी र २१० जना केन्द्रीय सदस्य छन् । पदाधिकारीमा वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री ११ जना छन् ।

गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट सभापतिसहित २३१ जना केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका थिए । तर, महिला खुलातर्फ निर्वाचित विनिता खड्काको निर्वाचन परिणाम भने छानबिनका कारण रोकिएको छ । उनको परिणाम औपचारिक रूपमा सार्वजनिक नभएकाले २३० जनाको मात्रै निर्वाचन परिणाम आएको छ ।

सभापति थापाले दसैंको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । त्यसैले आज सभापतिबाहेक औपचारिक परिणाम सार्वजनिक भएका बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ हुन लागेको हो ।

कांग्रेसको विधानअनुसार २९७ सदस्यीय केन्द्रीय कार्यसमितिमा सभापतिले ६६ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । निर्वाचित सदस्यहरूको शपथपछि सभापति थापाले मनोनीत गर्ने सदस्यहरूको चयन प्रक्रिया अघि बढाउने भएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#केन्द्रीय #कांग्रेस
Compare →
Hamro Patro News
6d ago
आफू नै कांग्रेसको सभापति रहेको देउवाको दाबी, सोधे- ‘हामीले पैसामा पार्टी बेच्दिने ?’

आफू नै कांग्रेसको सभापति रहेको देउवाको दाबी, सोधे- ‘हामीले पैसामा पार्टी बेच्दिने ?’

आफू नै कांग्रेसको सभापति रहेको देउवाको दाबी, सोधे- ‘हामीले पैसामा पार्टी बेच्दिने ?’ केहि सेकेन्ड अघि काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प...

#महाधिवेशन #कांग्रेस
Compare →
Onlinekhabar
8h ago
शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । उक्त महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति शेरबहादुर देउवाको समूह भने समानान्तर …

#महाधिवेशन #कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612