Trending
Prev Story
Next Story

‘अर्नब’को प्रभाव आजदेखि बढ्ने, भोलि भारी वर्षाको सम्भावना

Ekantipur •
October 29, 2026 • 01:32 AM
2
2 reads 0 reactions

न्यूनचापीय प्रणालीको प्रभावले आज रातिदेखि शनिबार बिहानसम्म वर्षा, चट्याङ र हिमपातको जोखिम रहेकाले सतर्कता आवश्यक छ।

‘अर्नब’को प्रभाव आजदेखि बढ्ने, भोलि भारी वर्षाको सम्भावना

न्यूनचापीय प्रणालीको प्रभावले आज रातिदेखि शनिबार बिहानसम्म वर्षा, चट्याङ र हिमपातको जोखिम रहेकाले सतर्कता आवश्यक छ।

काठमाडौँ — चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि त्यसको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ । मौसमविद् विनोद पोखरेलका अनुसार आज दिउँसोदेखि वर्षा सुरु हुने र भोलि भारी वर्षाको सम्भावना बढी छ ।

उनका अनुसार आज रातिदेखि शनिबार बिहानसम्म सतर्क रहनुपर्ने देखिएको छ । नेपालमा चक्रवातको प्रभावस्वरूप बादल देखिन थाले पनि बिहीबार बिहानसम्म वर्षा सुरु भइसकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पनि आजदेखि चक्रवातको प्रभाव क्रमशः बढ्ने सम्भावना छ । महाशाखाले कार्तिक १२ देखि १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा पनि भारी वर्षा तथा हिमपात हुन सक्नेछ ।

मौसमविद् पोखरेलले हिजोको तुलनामा आजको पूर्वानुमानमा जोखिममा रहेका जिल्लाको संख्या घटे पनि न्यूनचापीय प्रणालीले ठूलो क्षेत्र ओगटेकाले माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँगको अन्तरक्रियाका कारण धेरै स्थानमा भारी वर्षा हुन सक्ने बताए ।

वर्षाको स्थान, समय र मात्रा परिवर्तन हुन सक्ने भएकाले नियमित मौसम अपडेट र आधिकारिक सूचनामा ध्यान दिन उनले आग्रह गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#वर्षा #सम्भावना
Compare →
Hamro Patro News
11h ago
मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ। आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुने भएको छ । तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको मौसमविद् अनिषा निरौलाले जानका...

#वर्षा #सम्भावना
Compare →
Bizshala
15h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #सम्भावना
Compare →
Onlinekhabar
3d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#वर्षा #सम्भावना
Compare →

Related Stories

Technology
Build #2612