Trending
Prev Story
Next Story

पोखराद्वारा सुदूरपश्चिमलाई चुनौतीपूर्ण लक्ष्य

Ekantipur •
October 28, 2026 • 01:33 PM
2
2 reads 0 reactions

कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले सात विकेट गुमाउँदै निर्धारित २० ओभरमा १४५ रन बनाएको हो।

पोखराद्वारा सुदूरपश्चिमलाई चुनौतीपूर्ण लक्ष्य

कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले सात विकेट गुमाउँदै निर्धारित २० ओभरमा १४५ रन बनाएको हो।

काठमाडौँ — पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सलाई १ सय ४६ रनको लक्ष्य दिएको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४५ रन बनायो ।

बंगलादेशी ओपनर माहेदी हसनले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पोखराबाट ३२ रन बनाए । उनले २१ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । तर उनका ओपनिङ जोडी दिनेश खरेल ७ बल खेली ४ रनमा आउट भएका थिए ।

तेस्रो नम्बरमा आएका कुशल भुर्तेलले २१ रन बनाए । उनले १७ बल खेली २ चौका प्रहार गरे । बंगलादेशका पूर्व कप्तान सकिब अल हसन १६ बल खेली १ चौका प्रहार गरी १४ रनमा आउट भए ।

सदीरा समरविक्रमा ८, धनञ्जय लक्षण ११, किरण ठगुन्ना १ रनमा आउट भए । मध्यमक्रममा ब्याटिङ गरेका अर्जुन घर्तीमगरले सर्वाधिक रन बनाए । इनिङ्सको अन्तिम ओभरमा न्युजिल्यान्डका बलर स्कट कुग्लेनलाई २ चौका र १ छक्का प्रहार गरेका अर्जुनले कुल २५ बल खेली अविजित २४ रन बनाए । विपिन खत्री ५ रनमा अविजित रहे ।

सुदूरपश्चिमबाट अनिल खरेलले ३ विकेट लिए । पावर प्लेपछि बलिङमा आएका अनिलले ३ ओभरमा २३ रनमात्र खर्चे । कुग्लेन, हेमन्त धामी र दीपेन्द्रले १–१ विकेट लिए ।

पोखराको प्रतियोगितामा यो पहिलो खेल हो भने पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित सुदूरपश्चिम रोयल्सको टोलीमा कुनै खेलाडी परिवर्तन गरिएको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
18h ago
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम एनपिएलको प्लेअफमा, दीपेन्द्र सिंह ऐरीको अर्धशतक

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम एनपिएलको प्लेअफमा, दीपेन्द्र सिंह ऐरीको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत शुक्रवार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ...

#सुदूरपश्चिम #विकेट
Compare →
Onlinekhabar
22h ago
काठमान्डुले जित्यो टस, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

काठमान्डुले जित्यो टस, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर बलिङ रोज्दै सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको छ । आजको यो खेल जित्ने …

#सुदूरपश्चिम #ब्याटिङ
Compare →
Arthasansar
19h ago
सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको...

#सुदूरपश्चिम #लक्ष्य
Compare →
Nagarik News
20h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#सुदूरपश्चिम #लक्ष्य
Compare →

Related Stories

Sports
Build #2612