Trending
Prev Story
Next Story

साउदीको सुरक्षा परिस्थितिका कारण नेपाल वायुसेवाका दमाम उडान रद्द

Ekantipur •
October 28, 2026 • 01:33 PM
2
2 reads 0 reactions

निगमका अनुसार १४ कात्तिकको काठमाडौं–दमाम (आरए २४१) र १५ कात्तिकको दमाम–काठमाडौं (आरए २४२) उडान रद्द गरिएको हो ।

साउदीको सुरक्षा परिस्थितिका कारण नेपाल वायुसेवाका दमाम उडान रद्द

निगमका अनुसार १४ कात्तिकको काठमाडौं–दमाम (आरए २४१) र १५ कात्तिकको दमाम–काठमाडौं (आरए २४२) उडान रद्द गरिएको हो ।

काठमाडौं — साउदी अरेबियाको वर्तमान सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाल वायुसेवा निगमले दमामका २ उडान रद्द गरेको छ ।

निगमले १४ कात्तिकको काठमाडौं–दमाम (आरए २४१) र १५ कात्तिकको दमाम–काठमाडौं (आरए २४२) उडान रद्द गरिएको जनाएको छ ।

निगमले साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको र स्थितिमा सुधार आएपछि आगामी उडानबारे जानकारी गराउने जनाएको छ ।

रद्द भएका उडानका टिकट लिएका यात्रुले टिकटको मिति निःशुल्क परिवर्तन गर्न वा टिकटको पूरै रकम फिर्ता लिन सक्ने निगमले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
15m ago
अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

२८ कात्तिक, काठमाडौं । अमेरिकामा एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा खराबी आएपछि शुक्रबार ४ घण्टाभन्दा बढी समयसम्म विमानहरूको उडान रोक्नुपरेको छ। सुरक्षा कारण देखाउँदै सङ्घीय उड्डयन प्रशासनले देशभरका एयरपोर्टहरूमा उडान रोक्न आदेश दिएको थियो। …

#उडान #रद्द
Compare →
Hamro Patro News
3h ago
अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित

अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित

काठमाडौँ / अमेरिकाका सबै विमानस्थलमा हवाई उडान अस्थायी रूपमा रोकिएको छ । एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा दूरसञ्चार सेवा अवरुद्ध भएपछि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले शुक्रबार देशभरका विम...

#काठमाडौं #उडान
Compare →
Nagarik News
5h ago
अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो।

#उडान
Compare →
Bizshala
20h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#काठमाडौं #उडान
Compare →

Related Stories

National (Nepal)
Build #2612