Trending
Prev Story
Next Story

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

११ कात्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बन्धी भ्रामक, भ्रमपूर्ण तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ । मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक …

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह

११ कात्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बन्धी भ्रामक, भ्रमपूर्ण तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मलेसिया रोजगारी सम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

वैदेशिक रोजगारी जस्तो संवेदनशील विषयमा सत्य–तथ्यविनाका सूचनाले आमनागरिक तथा सरोकारवालामा अन्योल सिर्जना गर्न सक्ने भन्दै मन्त्रालयले सम्बन्धित सबैलाई यथार्थपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार मलेसिया रोजगारीको पछिल्लो अवस्थाबारे नेपालले अवलम्बन गरेको श्रम तथा रोजगार सम्बन्धी नीति, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय श्रम सम्झौता र अन्तर्राष्ट्रिय कानुन परिधिभित्र रही मलेसिया सरकारका सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद भइरहेको छ ।

दुवै देशबीचको संवाद मार्फत यस विषयलाई यथाशीघ्र टुंगोमा पुर्‍याउने पक्षमा नेपाल सरकार रहेको प्रतिबद्ध रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

नेपालको संविधान, प्रचलित कानुन र श्रम सम्झौता विपरीत हुने प्रणाली तथा पद्धतिले श्रमिकको दीर्घकालीन हित संरक्षण गर्न नसक्ने मन्त्रालयको भनाइ छ ।

नेपाली श्रमिकको हित संरक्षण गर्दै नेपाल र मलेसियाबीचको श्रम आप्रवासन व्यवस्थित, पारदर्शी, वस्तुनिष्ठ, न्यायोचित तथा पारस्परिक हितमा आधारित बनाउन सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै निष्पक्ष कामदार छनोट तथा भर्ना प्रणाली सुनिश्चित गर्ने विषयमा नेपाल सरकार पूर्णरूपमा सचेत रहेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालको संविधान, कानुनी व्यवस्था तथा नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौता समेतका आधारमा दुवै सरकारलाई मान्य हुने पारदर्शी र निष्पक्ष भर्ना प्रणाली विकास गर्न नेपाल सरकार सकारात्मक रहेको मन्त्रालयले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5h ago
‘हनीट्र्याप’मा परेर भारतका विंग कमान्डरले पाकिस्तानी गुप्तचरलाई बुझाए सैन्य सूचना

‘हनीट्र्याप’मा परेर भारतका विंग कमान्डरले पाकिस्तानी गुप्तचरलाई बुझाए सैन्य सूचना

प्रहरीका अनुसार ती अधिकारी जनवरी १२ देखि अप्रिल १, २०२६ सम्म पाकिस्तानी गुप्तचर अधिकारीको सम्पर्कमा थिए।

#सूचना
Compare →
Hamro Patro News
1d ago
‘सरकार श्रम सम्झौता गर्छ, दूतावासचाहिँ माग प्रमाणीकरण गर्दैन’

‘सरकार श्रम सम्झौता गर्छ, दूतावासचाहिँ माग प्रमाणीकरण गर्दैन’

काठमाडौँ । नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड मानिएको वैदेशिक रोजगारी पछिल्लो तीन दशकदेखि खाडी मुलुक र मलेसियाको वरिपरिमात्रै घुमिरहेको छ । विश्व बजारमा रोजगारीका नयाँ र आकर्षक गन्तव्यहरू विशेषगरी...

#रोजगारी #श्रम
Compare →
Ekantipur
6d ago
साउदीमा निश्चित पेसामा विदेशी श्रमिकको अवसर खुम्चिँदै

साउदीमा निश्चित पेसामा विदेशी श्रमिकको अवसर खुम्चिँदै

साउदी अरबले पर्यटन क्षेत्रका ४ पेसामा आफ्ना नागरिकका लागि शतप्रतिशत रोजगारी आरक्षित गरेको छ भने १२ पेसामा ७० र अन्य १२ पेसामा ५० प्रतिशत स्थानीयकरण लागू गरेको छ । त्यस्तै, प्रशासनिक तथा सहयोगी सेवाका ६९ पेसामा पनि शतप्रतिशत रोजगारी आफ्ना नागरिकका लागि आरक्षित गरेको छ ।

#रोजगारी #श्रम
Compare →

Related Stories

Australia & Pacific
Build #2612