Trending
Prev Story
Next Story

निर्यात ५७ प्रतिशतले बढ्दा व्यापार घाटा ५ खर्ब ३२ अर्बभन्दा माथि

Nagarik News •
October 28, 2026 • 12:13 PM
3
3 reads 0 reactions

वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।

निर्यात ५७ प्रतिशतले बढ्दा व्यापार घाटा ५ खर्ब ३२ अर्बभन्दा माथि

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य विस्तार भएको छ। साउनदेखि असोजसम्मको अवधिमा निर्यात व्यापार ५७.०३ प्रतिशतले बढे पनि आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो। यससँग तुलना गर्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा व्यापार घाटा ३४.७१ प्रतिशतले बढेको देखिन्छ।

वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँमा सीमित थियो।

निर्याततर्फ भने सुधार देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालबाट १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात भएका छन्। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ७२ अर्ब ७८ करोड रुपैयाँ बराबर थियो।

यता, आयातमा पनि उल्लेख्य वृद्धि भएको छ। असोज मसान्तसम्ममा ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा आयात ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ रहेको थियो। यसअनुसार आयात ३८.१८ प्रतिशतले बढेको छ।

निर्यातमा भएको वृद्धिका कारण आयात र निर्यातबीचको अनुपातमा भने सुधार आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ४३ पैसाको आयात हुने गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यो अनुपात घटेर ५ रुपैयाँ ६६ पैसामा झरेको छ।

त्यसैगरी, कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ। अघिल्लो वर्ष १३.४६ प्रतिशत रहेको निर्यातको हिस्सा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर १५.०२ प्रतिशत पुगेको छ।

यसको विपरीत कुल वैदेशिक व्यापारमा आयातको हिस्सा घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ८६.५४ प्रतिशत रहेको आयातको हिस्सा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ८४.९८ प्रतिशतमा झरेको छ।

समग्रमा, निर्यात व्यापारमा उल्लेख्य वृद्धि र कुल व्यापारमा निर्यातको हिस्सा बढ्नु सकारात्मक संकेत भए पनि आयातको ठूलो आकारका कारण व्यापार घाटा भने अझै उच्च रहेको तथ्याङ्कले देखाएको छ।

प्रकाशित: ११ कार्तिक २०८३ १७:५८ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
लगातार दोस्रो वर्ष चीनको व्यापार बचत १० खर्ब डलर पार, अक्टोबरमा निर्यात ३५ प्रतिशतले बढ्यो

लगातार दोस्रो वर्ष चीनको व्यापार बचत १० खर्ब डलर पार, अक्टोबरमा निर्यात ३५ प्रतिशतले बढ्यो

एजेन्सी । चीनको व्यापार बचत (ट्रेड सरप्लस) लगातार दोस्रो वर्ष १० खर्ब अमेरिकी डलर नाघेको छ । मंगलबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांक अनुसार, अक्टोबर महिनामा निर्यातमा आएको ३५ प्रतिशतभन्दा बढीको ...

#खर्ब #निर्यात #प्रतिशतले
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#खर्ब #वैदेशिक
Compare →
Ekantipur
1d ago
एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

पछिल्लो एक महिनामा मात्रै कम्पनीको बजार पुँजीकरण १० खर्ब डलरभन्दा बढीले घटेको छ । अक्टुबरमा यो ५८ खर्बसम्म पुगेको थियो ।

#खर्ब #पुगे
Compare →
Onlinekhabar
1w ago
रसुवा बाढी : अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनरुत्थानमा ७ खर्ब आवश्यक

रसुवा बाढी : अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनरुत्थानमा ७ खर्ब आवश्यक

२० कात्तिक, काठमाडौं । १० भदौमा रसुवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले अर्थतन्त्रमा ४ खर्ब ७२ अर्ब ६६ करोड बराबर क्षति गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले शुक्रबार रसुवा–भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति र विपद्पछिको …

#खर्ब
Compare →
Arthasansar
22h ago
बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम निरन्तर रुपमा बढी रहेको छ । केन्द्रीय...

#खर्ब
Compare →

Related Stories

Business & Economy
Build #2612