Trending
Prev Story
Next Story

देशमा गुण्डाराज छ, अब आन्दोलनको विकल्प छैन: ओली

Nagarik News •
October 28, 2026 • 09:55 AM
2
2 reads 0 reactions

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य आतंक र गुण्डाराज चलेको भन्दै अब आन्दोलनको विकल्प नरहेको बताएका छन्।

1 / 2
Swipe Photos

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य आतंक र गुण्डाराज चलेको भन्दै अब आन्दोलनको विकल्प नरहेको बताएका छन्।

सिङ्गो राज्य स्वतन्त्रताको उपयोग गर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै उनले देशलाई थप संकटतर्फ जान नदिन आन्दोलनको तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार मनोनीत तीन केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले सरकार बेलगाम फासीवादतर्फ अगाडि बढिरहेको आरोप लगाए। मुलुकमा कसैले बोल्नै नसक्ने गरी भयको वातावरण सिर्जना गरिएको उनको दाबी छ।

‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ,’ अध्यक्ष ओलीले भने, ‘देश कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ। यस अवस्थालाई थप बिग्रन नदिन आन्दोलनको तयारी गर्नुको कुनै विकल्प छैन।’

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाएको बताउँदै उनले देशलाई अहिलेको ‘क्रिटिकल’ अवस्थाबाट पार लगाउने ऐतिहासिक अभिभारा एमालेकै काँधमा आएको उल्लेख गरे। सही नीति र विचारका आधारमा पार्टी एकताबद्ध र अनुशासित भएर अघि बढे मात्र जनतामा आकर्षण फर्काउन सकिने उनको भनाइ थियो।

गत वर्ष फागुन २१ मा भएको निर्वाचन चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला भएको अध्यक्ष ओलीले जिकिर गरे। उनले एमाले सत्य, न्याय, देश र जनताको पक्षमा उभिएकाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने दाबी गरे।

कार्यक्रममा नवनियुक्त केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

महासचिव शंकर पोखरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ११ कार्तिक २०८३ १५:४० बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
‘आन्दोलनका लागि तयार रहनुहोस्’ : एमाले कार्यकर्तालाई केपी ओलीको निर्देशन, निर्वाचनबाट पनि शक्ति देखाउने दाबी

‘आन्दोलनका लागि तयार रहनुहोस्’ : एमाले कार्यकर्तालाई केपी ओलीको निर्देशन, निर्वाचनबाट पनि शक्ति देखाउने दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी राजनीतिक आन्दोलन र निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। शनिबार एमाल...

#केपी-ओली #आन्दोलन #ओली
Compare →
Onlinekhabar
3h ago
ओलीको चेतावनी– पार्टीमै बसेर अन्य दललाई मत दिनेलाई कारबाही हुन्छ

ओलीको चेतावनी– पार्टीमै बसेर अन्य दललाई मत दिनेलाई कारबाही हुन्छ

२८ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारबाही गरिने चेतावनी दिएका छन् । एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई …

#केपी-ओली #ओली
Compare →
Ekantipur
4h ago
पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली

पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली

एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारबाही गर्ने चेतावनी दिए ।

#केपी-ओली #ओली
Compare →
Arthasansar
1d ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#आन्दोलन #देशमा
Compare →

Related Stories

Politics & Governance
Build #2612