Trending
Prev Story
Next Story

दसैंतिहार भत्ता कटौतीपछि बाजुरा अस्पतालका करार कर्मचारी असन्तुष्ट

Ekantipur •
October 16, 2026 • 11:28 AM
3
3 reads 0 reactions

आफ्ना माग सम्बोधन नभए कात्तिक ७ गतेबाट अस्पतालका सेवासमेत बन्द गरी आन्दोलनमा जाने करारका कर्मचारीहरुले चेतावनी दिएका छन् ।

दसैंतिहार भत्ता कटौतीपछि बाजुरा अस्पतालका करार कर्मचारी असन्तुष्ट

आफ्ना माग सम्बोधन नभए कात्तिक ७ गतेबाट अस्पतालका सेवासमेत बन्द गरी आन्दोलनमा जाने करारका कर्मचारीहरुले चेतावनी दिएका छन् ।

बाजुरा — दसैंतिहारको सुविधा कटौती भएपछि जिल्ला अस्पताल बाजुराका करारका कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारी  मुक्तिराम रिजालमार्फत उनीहरुले प्रदेश सामाजिक विकासमन्त्री सन्तोषी शर्मा र सचिवलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

संघीय सरकारले ल्याएको नीतिअनुरुप प्रदेश सरकारले करारका कर्मचारीलाई दसैंतिहारको भत्ता समेत कटौती गरेको र प्रदेश सरकारले कर्मचारीमाथि विभेद गरेको डा. नकेन्द्र मल्लले बताए। उनका अनुसार स्थायी र करारका कर्मचारीलाई दसैंतिहार सुविधामा असमान व्यवहार भएकाले तत्काल चाडपर्वमा दिइने सुविधा उपलव्ध गराउन माग गरेका छन् ।

ज्ञापनपत्रमा करारका कर्मचारीमाथि सरकारले अन्याय गरेर निराश बनाएको उल्लेख गरिएको छ । पत्रमा नेपालको श्रम ऐन २०७४, नियमावली २०७५ र सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य ऐन २०७६ दफा ८२ को नियमावलीमा चाडपर्वमा पाउने हक उल्लेख गरिए पनि करारका कर्मचारीलाई विगतका वर्षदेखि उक्त भत्ता उपलब्ध नगराएको भनिएको छ ।

प्रदेश सरकारले ऐन र नियमावलीको विपरीत करारका कर्मचारीमाथिको विभेद गरेको करार कर्मचारी लेकराज पाण्डेले बताए ।

आफ्ना माग सम्बोधन नभएमा कात्तिक ७ गतेबाट अस्पतालका सेवासमेत बन्द गरी आन्दोलनमा जाने करारका कर्मचारीहरुले चेतावनी दिएका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले प्रदेश सरकारले कर्मचारीमाथि विभेद गर्न नहुने बताए । उनले प्रदेश मन्त्रालय र कोष तथा लेखा नियन्त्रयक कार्यालयमा जानकारी दिई समस्या समाधान गर्न लाग्ने प्रतिबद्धता जनाए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने

निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने

काठमाडौं । निजामती कर्मचारी अस्पतालले बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन अपोइन्टमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । यस सुविधामार्फत बिरामीले घरमै बसेर आफूलाई आवश्यक चिकित्सकस...

#अस्पताल #कर्मचारी
Compare →
Onlinekhabar
1d ago
गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

२७ कात्तिक, संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा) । गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका …

#अस्पताल
Compare →
Arthasansar
1d ago
राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको हो ।...

#कर्मचारी
Compare →
Bizshala
1d ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#अस्पताल
Compare →
Nagarik News
2d ago
चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ।

#अस्पताल
Compare →

Related Stories

Technology
Build #2612