Trending
Prev Story
Next Story

सरकारीमा चिकित्सा शिक्षाका सिट बढे, इन्टर्नको निर्वाह भत्ताबारे कार्यदल बनाइने

Onlinekhabar •
October 18, 2026 • 07:00 PM
3
3 reads 0 reactions

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक, डीएम÷एमसीएच र एनबीएमएस (सबस्पेसियालिटी) तहका सिट निर्धारण गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहको …

सरकारीमा चिकित्सा शिक्षाका सिट बढे, इन्टर्नको निर्वाह भत्ताबारे कार्यदल बनाइने

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक, डीएम÷एमसीएच र एनबीएमएस (सबस्पेसियालिटी) तहका सिट निर्धारण गरेको हो।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा आयोगको बैठकले सरकारी मेडिकल कलेजमा चिकित्सा शिक्षाको सिट बढाउने निर्णय गरेको छ ।

बैठकमा सहभागी एक सदस्यका अनुसार अघिल्लो शैक्षिक सत्रको तुलनामा समग्रमा सिट संख्या बढेको छ । तर कुन विषय र तहमा कति सिट थपिएको हो भन्ने विस्तृत विवरण बैठकमा प्रस्तुत नगरिएको उनले बताए ।

‘राष्ट्रिय स्तरमा सिट संख्या बढेको विवरण प्रस्तुत भएको थियो । तर कुन तहमा कति सिट बढेको हो भन्ने विस्तृत विवरण हेर्न पाइएको छैन,’ ती सदस्यले भने । आयोगले सिट निर्धारण गर्दा सम्बन्धित मापदण्डअनुसार गरिएको जानकारी गराएको भए पनि विषयगत तथा संस्थागत रूपमा सिटको विवरण स्पष्ट नभएको उनको भनाइ छ ।

बैठकमा एमबीबीएस र बीडीएसका इन्टर्नको निर्वाह भत्तासम्बन्धी विषयमा पनि छलफल भएको छ । यस विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयसँग भएको सम्झौतासम्बन्धी कार्यसूचीमा आयोगकै मातहतमा कार्यदल गठन गर्ने निर्णय भएको बैठकमा सहभागी सदस्यले बताए ।

कार्यदल गठन गर्ने निर्णय भए पनि इन्टर्नको निर्वाह भत्ताबारे ठोस निर्णय भने भइनसकेको उनले जानकारी दिए । कार्यदल गठनको प्रक्रिया आयोगको कार्यकारी समितिमार्फत अघि बढ्ने सम्भावना रहेको उनको भनाइ छ ।

आयोगको सदस्य सचिव हरि निरौलाले सरकारी संस्थामा केही सिट बढेको बताए । ‘धेरै बढेको छैन । विगतको तुलनामा यस वर्ष सरकारी संस्थामा सिट बढेको छ,’ निरौलाले भने, ‘ विभिन्न कार्यक्रममा सिट नै हेरफेर गरिएको छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
गेटामा एमबीबीएस सिट विवाद छानबिन गर्न समिति, केसीको अनशन तोडियो

गेटामा एमबीबीएस सिट विवाद छानबिन गर्न समिति, केसीको अनशन तोडियो

सरकारले चिकित्सा शिक्षा आयोगको निर्णय पुनरावलोकन गर्न पाँच सदस्यीय समिति बनाउने सहमति गरेपछि डा. गोविन्द केसीले सत्याग्रह अन्त्य गरेका छन्।

#सिट #चिकित्सा
Compare →
Nagarik News
1d ago
'विद्युतीय माइक्रोबसको सिट क्षमता र रुट परमिटमाथि छानबिन हुनुपर्छ'

'विद्युतीय माइक्रोबसको सिट क्षमता र रुट परमिटमाथि छानबिन हुनुपर्छ'

विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले बताएका छन् ।

#सिट
Compare →
Hamro Patro News
1d ago
विद्युतीय माइक्रोबसको सिट क्षमता र रुट परमिटमाथि छानबिन हुनुपर्छ : सरोज सिटौला

विद्युतीय माइक्रोबसको सिट क्षमता र रुट परमिटमाथि छानबिन हुनुपर्छ : सरोज सिटौला

काठमाडौँ / विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज...

#सिट
Compare →

Related Stories

National (Nepal)
Build #2612