Trending
Prev Story
Next Story

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

Hamro Patro News •
October 27, 2026 • 08:20 AM
2
2 reads 0 reactions

कोलम्बो, १० कात्तिक । बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले मङ्...

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

कोलम्बो, १० कात्तिक । बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको वर्तमान अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी र विद्यालयका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गरिएको जनाएको छ । यद्यपि, सामान्य शिक्षा प्रमाणपत्र (साधारण स्तर) परीक्षाअन्तर्गतका सौन्दर्यसम्बन्धी विषयको व्यावहारिक परीक्षा भने पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ । आँधीको अप्रत्यक्ष प्रभावका कारण पछिल्ला दिनमा श्रीलङ्काका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि देशका धेरै क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ । रासस

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
भरतपुरका निजी विद्यालयको असहमति : शुल्क वृद्धि स्थगन गर्ने निर्णय मान्य छैन

भरतपुरका निजी विद्यालयको असहमति : शुल्क वृद्धि स्थगन गर्ने निर्णय मान्य छैन

भरतपुर महानगरपालिकाले गत कात्तिक १६ गते संस्थागत विद्यालयमा गरिएको शुल्क वृद्धि हाललाई स्थगित गर्ने निर्णय गरे पनि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनले उक्त निर्णयप्रति असहमति जनाएको छ।

#विद्यालय
Compare →
Ekantipur
1w ago
निस्दीमा ५१ विद्यालयका ३ हजार विद्यार्थीको मुटु परीक्षण, १२ जनामा जन्मजात समस्या

निस्दीमा ५१ विद्यालयका ३ हजार विद्यार्थीको मुटु परीक्षण, १२ जनामा जन्मजात समस्या

पाल्पाको निस्दीमा ५१ विद्यालयका ३ हजार ३ सयभन्दा बढी विद्यार्थी र अभिभावकलगायतको मुटु परीक्षणपछि १२ जनालाई थप उपचारका लागि सिफारिस गरिएको छ।

#विद्यालय
Compare →
Onlinekhabar
4d ago
सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

विद्यालयमा विद्यार्थी छन्, शिक्षक छन् र अर्बौंको बजेट छ । तर बालबालिकाले आधारभूत पढाइ र गणितसमेत सिक्न नसक्नुले सार्वजनिक शिक्षाको लगानी, व्यवस्थापन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ । नेपालका करिब २८ हजार सामुदायिक विद्यालयमा ४६ …

#विद्यालय
Compare →

Related Stories

World News
Build #2612